ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?


एबीसी / संवाददाता
मंसिर ९, २०७९ शुक्रबार   ४ : १४   बजे

काठमाडौं, ९ मंसिर । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् ।  जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ पराजित भएका छन् । हेरौं निर्वाचनमा सहभागी १२ जना मन्त्रीको ताजा चुनावी हालत :

बारा १ बाट उम्मेदवार रहेको खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । नेकपा एमालेका अच्युत मैनालीसँग झण्डै ९ हजार मतान्तरले मन्त्री चौधरी पराजित भएका हुन् । चौधरीले  ३० हजार ५६ मत पाएका थिए ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४ मा उम्मेदवार छन् ।  उनको क्षेत्रमा हाल मतगणना जारी छ । प्रारम्भिक मतगणनामा मन्त्री कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परेका छन् ।

गृहमन्त्री बालकृष्ण खाण पनि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट उम्मेदवार छन् । गृहमन्त्री खाणको निर्वाचनमा क्षेत्रमा समेत मतगणना जारी छ । खाण राप्रपाका उम्मेदवार दीपक बोहरासँग कडा प्रतिष्पर्धामा छन् ।

यस्तै कांग्रेसका तर्फबाट दार्चुला उम्मेदवार रहेका उद्योग मन्त्री दिलेन्द्र बडू विजयी भएका छन्। नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै मन्त्री खाड सांसद निर्वाचित भएका हुन्

यस्तै उदयपुरबाट उम्मेदवारी दिएका परराष्ट्र मन्त्री डा. नारायण खड्काको क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार मन्त्री डा खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका शिक्षा मन्त्री देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । पौडेल नेकपा एमालेकी मञ्जु शर्मासँग ५ हजार ७ सय ७९ मतान्तरले विजयी भएका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै रुकुम पश्चिमबाट निर्वाचित भएका हुन् ।

बाँके १ बाट माओवादी केन्द्रका उम्मेदवार रहेका खेलकुद मन्त्री महेश्वरराज गहतराजको क्षेत्रमा समेत मतगणना जारी छ ।  एमालेका सूर्यप्रसाद ढकाल र मन्त्री गहतराजबिच मतगणनाका क्रममा समेत चर्को प्रतिष्पर्धा भइरहेको छ । यद्यपि मन्त्री गहतराज एमालेका ढकालसँग पछि परेका छन् ।

ललितपुर ३ मा माओवादीकै तर्फबाट उम्मेदवार रहेकी ऊर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग मन्त्री भुसाल भारी मतान्तरले पराजित भएकी हुन् ।

अछाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका झपट बोहोरालाई हराउँदै मन्त्री कुँवर निर्वाचित भएका हुन् ।

दाङ क्षेत्र नम्बर १ बाट नेकपा एसकै तर्फबाट उम्मेदवार शहरी विकास मन्त्री मेटमणि चौधरी पनि विजयी भएका छन् । एमालेकी शान्ता चौधरीलाई पराजित गर्दै मन्त्री चौधरी निर्वाचित भएका हुन् ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले भने चुनाव हारेका छन् ।  काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group