ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?


एबीसी / संवाददाता
मंसिर ७, २०७९ बुधबार   ९ : ३२   बजे

काठमाडौं, ७ मंसिर । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम  चलिरहेको छ ।

विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न थरिका उम्मेदवारले यस निर्वाचनमा भाग लिएका छन् । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्यासमेत कम छैन । आम निर्वाचन २०७९ मा नेपाल सरकारका प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मले उम्मेदवारी दिएका थिए । जसमध्ये कतिपय मन्त्री उम्मेदवार रहेका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ भने कतिपय क्षेत्रको मतगणना जारी छ ।

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुराको मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार प्रधानमन्त्री देउवा सातौं पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रहेका सागर ढकाललाई भारी मतान्तरसहित पराजित गर्दै देउवा विजयी भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाड रुपन्देही–३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । गृहमन्त्री खाडको क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार खाडले राप्रपाका दीपक बोहोरासँग कडा प्रतिष्पर्धा गरिरहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की  नसरी क्षेत्र नं ४ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।  उनी उम्मेदवार रहेको क्षेत्रमा समेत मतगाणना जारी छ ।  प्रारम्भिक मतगणनाअनुसार उनी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग तीव्र प्रतिष्पर्धामा छन् ।

ऊर्जा मन्त्री पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले जित्ने पक्का भएसँगै मन्त्री भुसाल निर्वाचन हार्ने करिव निश्चित देखिन्छ ।

माओवादीका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा रुकुमपश्चिमबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।  उनको निर्वाचन क्षेत्रको समेत अन्तिम मतपरिणाम सार्वजनिक भइसेकेको छैन । प्रारम्भिक मतपरिणामअनुसार अर्थमन्त्री शर्मा एमालेका नन्दाराम देवकोटासँग चर्को प्रतिष्पर्धा गरिरहेका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्का नेपाली कांग्रेसका तर्फबाट उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । प्रारम्भिक मतपरिणामअनुसार उनी अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले पछ्याइरहेकी छन्।

यस्तै खानेपानी मन्त्री कांग्रेसका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर १  बाट उम्मेदवार छन् । मन्त्री चौधरीको निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छैन । प्रारम्भिक मतपरिणामअनुसार  एमालेका अच्युतप्रसाद मैनालीसँग प्रतिष्पर्धामा छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु नेपाली कांग्रेसबाट दार्चुलामा उम्मेदवार छन् । मन्त्री बडूको निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार मन्त्री बडूले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका गणेश सिंह ठगुन्नाले पछ्याइरहेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रहेका नेकपा माओवादी केद्रका नेता बागलुङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु शर्मालाई पछि पार्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराज नेकपा माओवादी केन्द्रका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । उनको निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

यस्तै पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भएका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन् ।

शहरी विकास मन्त्री मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका चौधरीको निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।  सुरुवातदेखि नै अग्रता लिइरहेका मन्त्री चौधरीले जित्ने सम्भावना बलियो देखिन्छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले टिकट नै पाएनन् ।  सत्ता गठबन्धनको भागबन्डामा तेह्रथुम नअटेपछि खापुङले टिकट पाउन सकेनन् ।

यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अछाम क्षेत्र नम्बर १ बाट विजय हासिल गरेका छन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका मन्त्री कुँवर भारी मतले विजयी भएका हुन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट उम्मेदवार छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिष्पर्धामा रहेका श्रेष्ठ पनि हार्ने सम्भावना बलियो देखिन्छ ।  झण्डै तेब्बर मतले अग्रता लिइरहेका लामिछानेसँग नेकपा एमालेका कृष्णभक्त पोखरेल प्रतिष्पर्धामा देखिए पनि श्रेष्ठको हार निश्चित जस्तै देखिन्छ । यद्यपि मतगणनाको अन्तिम नतिजाले यी सबै प्रश्नको जवाफ दिने नै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group