ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?


एबीसी / संवाददाता

काठमाडौं, ७ मंसिर । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम  चलिरहेको छ ।

विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न थरिका उम्मेदवारले यस निर्वाचनमा भाग लिएका छन् । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्यासमेत कम छैन । आम निर्वाचन २०७९ मा नेपाल सरकारका प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मले उम्मेदवारी दिएका थिए । जसमध्ये कतिपय मन्त्री उम्मेदवार रहेका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ भने कतिपय क्षेत्रको मतगणना जारी छ ।

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुराको मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार प्रधानमन्त्री देउवा सातौं पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रहेका सागर ढकाललाई भारी मतान्तरसहित पराजित गर्दै देउवा विजयी भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाड रुपन्देही–३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । गृहमन्त्री खाडको क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार खाडले राप्रपाका दीपक बोहोरासँग कडा प्रतिष्पर्धा गरिरहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की  नसरी क्षेत्र नं ४ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।  उनी उम्मेदवार रहेको क्षेत्रमा समेत मतगाणना जारी छ ।  प्रारम्भिक मतगणनाअनुसार उनी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग तीव्र प्रतिष्पर्धामा छन् ।

ऊर्जा मन्त्री पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले जित्ने पक्का भएसँगै मन्त्री भुसाल निर्वाचन हार्ने करिव निश्चित देखिन्छ ।

माओवादीका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा रुकुमपश्चिमबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।  उनको निर्वाचन क्षेत्रको समेत अन्तिम मतपरिणाम सार्वजनिक भइसेकेको छैन । प्रारम्भिक मतपरिणामअनुसार अर्थमन्त्री शर्मा एमालेका नन्दाराम देवकोटासँग चर्को प्रतिष्पर्धा गरिरहेका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्का नेपाली कांग्रेसका तर्फबाट उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । प्रारम्भिक मतपरिणामअनुसार उनी अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले पछ्याइरहेकी छन्।

यस्तै खानेपानी मन्त्री कांग्रेसका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर १  बाट उम्मेदवार छन् । मन्त्री चौधरीको निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छैन । प्रारम्भिक मतपरिणामअनुसार  एमालेका अच्युतप्रसाद मैनालीसँग प्रतिष्पर्धामा छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु नेपाली कांग्रेसबाट दार्चुलामा उम्मेदवार छन् । मन्त्री बडूको निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार मन्त्री बडूले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका गणेश सिंह ठगुन्नाले पछ्याइरहेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रहेका नेकपा माओवादी केद्रका नेता बागलुङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु शर्मालाई पछि पार्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराज नेकपा माओवादी केन्द्रका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । उनको निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

यस्तै पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भएका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन् ।

शहरी विकास मन्त्री मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका चौधरीको निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।  सुरुवातदेखि नै अग्रता लिइरहेका मन्त्री चौधरीले जित्ने सम्भावना बलियो देखिन्छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले टिकट नै पाएनन् ।  सत्ता गठबन्धनको भागबन्डामा तेह्रथुम नअटेपछि खापुङले टिकट पाउन सकेनन् ।

यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अछाम क्षेत्र नम्बर १ बाट विजय हासिल गरेका छन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका मन्त्री कुँवर भारी मतले विजयी भएका हुन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट उम्मेदवार छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिष्पर्धामा रहेका श्रेष्ठ पनि हार्ने सम्भावना बलियो देखिन्छ ।  झण्डै तेब्बर मतले अग्रता लिइरहेका लामिछानेसँग नेकपा एमालेका कृष्णभक्त पोखरेल प्रतिष्पर्धामा देखिए पनि श्रेष्ठको हार निश्चित जस्तै देखिन्छ । यद्यपि मतगणनाको अन्तिम नतिजाले यी सबै प्रश्नको जवाफ दिने नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com