बिर्तामोड, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ । झापा ५ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार ओली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीभन्दा १० हजार १ सय १ मतले अगाडि हुनुहुन्छ । मंगलबार राति ९ बजेसम्मको नतिजा अनुसार ओलीले २३ हजार २ सय २८ तथा कांग्रेसका अधिकारीले १३ हजार १ सय २७ मत पाउनुभएको छ । एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो । जसमध्ये ४६ हजार ९ सय ६८ मत गणना सकिएको छ ।








प्रतिक्रिया दिनुहोस्