ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेनुका ठकुरीका ५ वर्षे बाचा र ग्यारेन्टी


एबीसी / संवाददाता

काठमाडौं, कात्तिक १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार चुनावी बाचापत्र सार्वजनिक गरेसँगै सिन्धुली क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार मेनुका ठकुरीले पनि जनतासमक्ष आफ्नो बाचापत्र सार्वजनिक गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातामाझ आफ्नो चुनावी बाचापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गरेकी हुन् ।

ठकुरीले हुन नसक्ने, गर्न नसक्ने वा जनतालाई ठुलठुला सपना देखाउने वाचा नभएको भन्दै गर्न सक्ने र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने वाचापत्र लिएर आएको उल्लेख गरेकी छिन् । २२ बुँदे वाचापत्र सार्वजनिक गर्दै उनले सो बाचापत्र चुनावअघि देखाउने कागज मात्र नभई ५ वर्षभित्रमा पुरा गर्ने एउटा ग्यारेन्टी पत्र पनि भएको दाबी गरेकी छिन् ।

उक्त चुनावी बाचापत्र (प्रतिबद्धतापत्र) जस्ताको तस्तै यसप्रकार छ :

१. उच्चतम नैतिक राजनितिक संस्कार विकास गर्न आफु इमान्दार रहने छु ।

२. म भ्रष्टचार गर्दिन, भ्रष्टचार विरुद्ध शून्य सहनशिलता रहनेछ ।

३. महिला सशक्तिकरणमा जोड दिँदै सबैखाले लैङ्गिक तथा घरेलु हिंसा मुक्त परिवार समाज र राष्ट्र निर्माणमा अहम भूमिका निर्वाह गर्नेछु । सबैखाले सामाजिक विभेद अन्त्य गर्नको लागि आवश्यक कार्य गर्नेछु ।

४. सार्वजनिक निर्माण र भौतिक निर्माणमा पुर्ण गुणस्तर कायम गर्दै समयमा निर्माण कार्य गर्न गराउन कार्यको लागि प्रोत्साहन तथा दण्डको उचित व्यवस्था मिलाउने व्यवस्था गर्नेछु।

५. सिन्धुली जिल्ला अन्तर्गत भौगोलिक र रणनितिक रुपमा महत्वपूर्ण सडकहरु निर्माण गर्ने तथा खोलिएका सडकहरुको स्तर वृद्धि गर्दै विकास गर्न आवश्यक प्रयत्न गर्नेछु ।

६. राज्य द्वारा प्रदान गरिने सेवा र अवसरहरुको समान तथा उचित वितरण प्रणाली कायम गर्न राज्य लाई ससक्त दवाव सिर्जना गर्ने कार्य गरिनेछ ।

७. चदाँहा, कमला र यसका सहायक नदिहरुमा तटबन्ध गरी खेतीयोग्य जग्गा संरक्षणको लागि आवश्यक सोख कार्य गरिने छ । वितिजोर, बन्दीजोर अँधेरी लगायतका महाभारत भएर बग्ने खोलाहरु नियन्त्रणका लागि आवश्यक काम गरिनेछ ।

८. कृषि उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकिकरणको लागि आवश्यक कार्य गर्ने उत्पादित बस्तुको भण्डारण तथा बजारीकरण गरि कृषिमा आधारित जनशक्ति लाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याईनेछ ।

९. एसिड आक्रमण तथा जलन पिडितहरुको न्यायको लागि आवश्यक उपयुक्त काम कानुन निर्माण गर्न राज्यलाई सशक्त दवाव तथा सामुहिक दवाव सृजना गर्दै कानुन निर्माण निर्माण गर्ने ।

१०. प्रत्येक स्थानिय तहका स्वास्थ्य संस्थालाई प्राविधि विशेषज्ञ डाक्टर युक्त सुविधा सम्पन्न बनाउन आवश्यक काम गर्ने ।

११. सबै महत्वपूर्ण सरकारी कार्यलयहरुलाई पेपरलेस (कागज रहित) बनाउँदै सरकारी कार्यालयहरुको सेवा पद्धतिहरुलाई पारदर्शि बनाउनेछ ।

१२. नागरिक स्वास्थ्य सुधारको लागि क्रमश धुम्रपान तथा मदिरा नियन्त्रण क्षेत्र घोषणा गरि स्वास्थ्य सुरक्षाका कार्यहरु कडाईका साथ लागू गरिनेछ ।

१३. स्वास्थ्य बीमा बाली तथा पशु बीमा कार्यक्रमलाई अनिवार्य बनाउँदै क्रमशः प्राथमिकताको आधारमा सबैको पहुँचमा पुयाउने कार्य गरिनेछ । यी कार्यक्रम सकेसम्म निःशुल्क र अति कम शुल्कमा गराउने प्रयास गर्नेछु ।

१४. आधुनिक व्यवसायिक र उत्पादनको क्षेत्रमा काम गर्ने युवा, किसान र बैदेशिक रोजगार बाट फर्केका युवालाई विशेष प्राथमिकता दिई व्यवसाय प्रर्वद्धन तथा रोजगारी सृजनाको प्रयास गर्नेछु ।

१५. शिक्षाको व्यापारिकरणमा रोक लगाई पूर्ण निःशुल्क प्राविधिक, नैतिक, सीप मुलक र व्यवहारिक शिक्षा दिई स्वतः रोजगारीको व्यवस्था लागू गर्नुमा जोड दिने सोही अनुसार विद्यालय खोल्न र गुणस्तर अनुभवी शिक्षकको व्यवस्थापन गर्न पहल गर्नेछु ।

१७. बलात्कार, यौन हिंसा मुक्त समाज, राष्ट्र निर्माण गर्न पिडितलाई न्याय तथा पिडकल लाई हदै सम्मको कारबाहीको व्यवस्था गर्न कानुन निर्माणको लागि राज्यलाई दबाब सृजना गरिने छ ।

१७. सिन्धुली जिल्लाको प्रतिनिधिको हैसियतले गर्ने जिल्लाका सदस्य र विकासका कार्यक्रम लाई संघिय संसदमा जोडदार रुपमा प्रस्तुत गरि समाधान गर्नेछु ।

१८. स्थानिय स्तरमा उपलब्ध जडिबुटी संकलन, प्रसोधन र प्रवद्र्धनमा जोड दिइनेछ ।

१९. जिल्लाको वातावरण प्रदुषण हुने ढंगले स्थापित भएका क्रसर उद्योग तथा नदीजन्य प्राकृतिक स्रोतको दोहन, उत्खननमा वातावरणीय अध्ययन गराई कडाईका साथ नियन्त्रण गरिनेछ ।

२०. मोबाईल सेवा भरपर्दाे सबैको पहुँच पुग्ने इन्टरनेटमा सबैको पहुँच तथा सर्वसुलभ बनाउने प्रयत्न गरिनेछ ।

२१. भूमिहीन किसान लाइ जग्गाको स्वामित्व प्रदान गर्न नीति निर्माण को लागि आबस्यक दबाब सिर्जना गरी जग्गाको स्वामित्व प्रदान गर्न प्रयास गर्ने ।

२२. यी उल्लेखित कार्यको लागि विज्ञ समुहको परामर्श लिई कार्यक्रम संचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com