ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिनेकर्मी तथा सञ्चारकर्मी जोशी सम्मानित


एबीसी / संवाददाता
आश्विन १०, २०७९ सोमबार  १ : ०२ बजे

काठमाडौं । वर्ल्ड वाइड मिडिया नेटवर्कको चौथो बार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान र शुभ कामना साँझ २०७९ आयोजना गरिएको छ । वर्ल्ड वाइड मिडिया नेटवर्कको अध्यक्ष रामकृष्ण श्रेष्ठ, शंखारापुर नगरपालिकाका मयेर रमेश नापित र बागमती प्रदेशका सभासद मनिराम फुयालद्वारा जेष्ठ नागरिकलाई खादा ओडाई फलफुल तथा सम्मान पत्र वितरण गरिएको थियो ।

कार्यक्रमका सभापति तथा वर्ल्ड वाइड मिडिया नेटवर्कका अध्यक्ष रामकृष्ण श्रेष्ठले वर्ल्ड वाइड मिडिया नेटवर्कले देशमा मात्र नभई बिदेशमा संस्कृतिक तथा विभिन्न कार्यक्रम मार्फत नेपालको प्रवर्धन गरेको र गरिरहने बताउनुभयो ।

शंखारापुर नगरपालिका मयेर रमेश नापितले शंखारापुर नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रमा अब्बल बनाउने बताउनुभयो ।बागमती प्रदेशका सभासद मनिराम फुयालले देश र राष्ट्रलाई समुन्नत बनाउन जेष्ठ नागरिकको सम्मान र स्वास्थ्यमा उचित हेरविचार पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा ख्यातीप्राप्त गायक तथा कलाकारले गीत तथा नृत्यद्वारा मनोरन्जन प्रदान गरेका थिए ।कार्यक्रममा मनोरन्जन तथा सञ्चार क्षेत्रमा अनवरत सेवा प्रदान गरिरेहेका व्यक्तित्वलाई वर्ल्ड वाइड मिडिया नेटवर्कले सम्मान समेत गरेको थियो ।

नेपाली सिने तथा सञ्चार क्षेत्रमा अनवरत सेवा प्रदान गरिरहेका सिनेकर्मी तथा सञ्चारकर्मी समीर जोशीलाई सम्मान गरिएको हो ।वर्ल्ड वाइड मिडिया नेटवर्कको अध्यक्ष रामकृष्ण श्रेष्ठ, शंखारापुर नगरपालिका मयेर रमेश नापित र बागमती प्रदेशका सभासद मनिराम फुयालले जोशीलाई खादा ओडाई सम्मान पत्र वितरण गर्नुभएको थियो ।  समीर जोशी हाल नाइस टेलिभिजनमा प्रमुख कार्यकारी निर्माताको रुपमा कार्यरत हुनुहुन्छ । साथै मेरो एउटा प्रेम कथा टेलिसिरियल निर्माण तथा निर्देशन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सम्बन्धित

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

मन्त्रिपरिषद्को बैठक बस्दै

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com