ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकालिकाको सवाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्रर्थक (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ३० भदौ । बाल दिवस नेपालमा वि.सं. २०२२ सालको भाद ४्र गतेदेखि मनाउदै आएको छ । बालबालिकालाइ भविष्यको कर्ण धारको रुपमा लिदै आएको छ । यस पटक बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार नाराका साथ देश भर बाल दिवस मनाइएका हो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । आज ५८ औं राष्ट्रिय बाल दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

यसवर्षको नारामा बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार नाराका साथ मनाइएको हो । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो । २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । बाल बालिकाको अधिकार भन्नाले गास, बास, कपासमात्र नभै पढ्न खेल्न र आमाबाबुको माया पाउने अधिकार समेत हो ।

बालबालिकाको हितको लागि भन्दै वर्षको एकपटक भए पनि वाल दिवस मनाइदै आइएको छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । बाल बालिबका भनेको भोलिका कर्ण धार हुन अहिले हामिले जस्तो शिक्षा दिन्छौ भोलिका दिनमा उनिहरुबाट हामिले त्यसतै फल पाउने गदछौ ।

बालबालिकाले शिक्षा स्वास्थ्य पौष्टिक आहारा अनुकूल वातावरण आदि उनिहरुको नैसर्गिक अधिकार पर्दछ । भनिन्छ बालबालिकाहरु भविष्यका कर्णर हुन उनीहरुको सवाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्रर्थक हुन्छ । यसो भनि रहर्र्दा अझै पनि अधिकांश बाल बालिकाहरु इट्टाभट्टा, होटल तथा सार्वजनिक यातायताका साधनमा बालवालिका श्रम शोषणमा परिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवसका अवशरमा शुभकामना सन्देश दिएकि छन् ।

आजै राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरिन । त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझि सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।आजका बालबालिका भोलिका कर्णधार हुन । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशवादी विचारहरुको विचारोपण गर्न जरुरी छ । आजका बालबालिका हाम्रो देशको भविष्य हुन । उनीहरु आज जुन वातावरणमा हुर्केका छन्, जस्तो शिक्षादीक्षा, स्वास्थ्य सुविधा पाएका छन् त्यसले हाम्रो देशको भविष्य निर्धारण गर्छ । त्यसैले देशको सुन्दर भविष्यको लागि बालबालिकालाई माया गरौ । श्रम शोषणको अन्त्य गरौ । बालबालिकालाई अधिकार दिऊ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com