ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२ महिनापछि विदेश भ्रमणमा निस्किए सी चिनफिङ


एबीसी / संवाददाता

काठमाडौं, २९ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ ३२ महिनापछि देशबाहिर निस्किएका छन्।समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार चिनफिङ कजाखस्तानको राजधानी नुर सुल्तान पुगेका छन्।बुधबार दिउँसो चिनफिङको चार्टर्ड जहाज नुर सुल्तान पुगेको छ। कजाखस्तानको भ्रमणपछि चिनफिङ उज्बेकस्तान जानेछन्।

उज्बेकस्तानमा सांघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलन हुँदैछ।म्यानमारमा चिनफिङले पछिल्लो विदेश भ्रमण गरेका थिए। सन् २०२० को जनवरी १७ र १८ मा भएको उक्त भ्रमणका क्रममा चिनफिङले केही सम्झौतामा हस्ताक्षर गरेका थिए र म्यानमारकी तत्कालीन नेतृ आनसाङ सुकीसँग हात मिलाएका थिए।

त्यसपछि म्यानमारमा सैनिक शासन लागु भयो। सुकी अहिले जेलमा छन्। म्यानमार र सुकीको जीवन मात्र होइन त्यसपछि संसारभरि नै ठूलो परिवर्तन भइसकेको छ।कोरोनाभाइरसको महामारी कम हुँदै गए पनि चीन भने अहिले पनि कोरोनाविरूद्ध शुन्य सहनशिलताको नीति लिएको छ। चीनबाटै सुरू भएको कोरोनालाई रोक्न चीनले आफ्ना देशका नागरिकसहित विदेशीलाई पनि कडा प्रतिबन्धहरू लगाएको छ। यो अवधिमा विदेश भ्रमण नगरेर राष्ट्रपति चिनफिङले त्यसको पालना गरेका छन्। अब भने उनले उक्त प्रतिबन्ध खुकुलो पार्ने बेला भएको ठानेको हुन सक्छ। उज्बेकस्तानमा चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने कार्यक्रम छ।गत फेब्रुअरीमा छिमेकी युक्रेनमाथि हमला गरेका पुटिनले त्यसपछि पहिलो पटक चिनफिङसँग भेट गर्दैछन्।सांघाई कोअपरेशनको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com