ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साथीहरु हो, क्रान्ती अझै बाँकी छ…


एबीसी / संवाददाता
भाद्र २८, २०७९ मंगलबार   ११ : २२   बजे

काठमाडौं, २८ भदौ ।

आफ्नै पौरख खान्छन्
आफ्नै सीपमा बाँच्छन्
दुख, कष्ट सहेर सृष्टि यिनले थाम्छन्…
असल, महान व्यक्तिहरु यिनैले जन्माउँछन्
ज्ञान, गुण बुद्धिहरु यिनैले सिकाउँछन्
तर पनि, अधेरोमा जीवन बिताउँछन् – २
आमा दिदी, बहिनी हो..कति बस्छौं दासी भई
सुखको सधैं प्यासी बनेर…

माथिका हरफहरु जनगायक जेबी टुहुरेका हुन् । देश र जनताका आवाजलाई गीत लेख्दै, गाउँदै आमचेतनामा जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन्, स्वर्गिय टुहुरेका गीत, रचनाहरुले । आवाजबिहिनहरुको आवाज बनेका शब्द, संगीतहरु नागरिकका मन, मुटुमा बस्न सफल मात्रै हुन्नन्, तिनले परिवर्तनको झिल्को बाल्न पनि धेरथोर योगदान पु¥याउछन् । यिनै सन्दर्भमा गायक तथा वरिष्ठ संगीतकार चेतन सापकोटा र कलाकार राजेश थापासँग एबीसीकर्मी धु्रव अधिकारीले गरेको संवादः

कम्युनिष्ट आन्दोलनले सम्झिरहने स्रष्टा

कलाकार राजेश थापा भन्छन्, – “नेपालको कम्युनिष्ट आन्दोलनमा जनवादी कलाकारका साहित्य र सिर्जनाहरुले योगदान पु¥याएका छन् । पञ्चायतकालमा लेख्न र बोल्न समेत नमिल्ने समयमा कम्युनिष्ट पार्टीका विचार फैलाउन जनवादी कलाकारहरुको भूमिका छ ।”

जेबी टुहुरे, शम्भु राई जस्ता पूर्वबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरु सम्झदै थापाले टुहुरे २०२४ सालमा कम्युनिष्ट पार्टीको नजिक भएको र २०२५ सालमा सदस्यता लिएपछि भूमिगत भएर काम गरेको स्मरण गरे । गीत भनेको त, यस्तो पो त ! भन्ने भावना जागृत भएको र त्यसले मानिसको दिमागमा प्रभाव पनि परेको उनले बताए ।

उनले कम्युनिष्ट पार्टीको बिऊ छर्ने कर्मीहरुका रुपमा टुहुरे जस्ता जनगायकलाई लिनुपर्ने बताए । यसैगरी, जीवन शर्मा, माइला लामाहरु सम्झदै उनले कम्युनिष्ट आन्दोलनको इतिहासमा यी नामहरु कहिलेपनि बिर्सन नसकिने बताए ।

 

तर ती कलाकारहरुप्रति राज्यले न्यायपूर्ण नीति बनाउन नसकेको उनले दुखेसो व्यक्त गरे । उनले भने, “राजनीतिक चेतना फैलाउन कलाकार र सांस्कृतिक पक्षको उत्तिकै भूमिका छ । संगीत विश्वविद्यालय बनाउन सक्यौं भने र केही नभएपनि शिक्षकको दरबन्दी बनाउन सक्यौं भने त्यसबेलाका कलाकारहरु पेशा गरेर जीविको पार्जन गर्न सक्छन् । जनवादी गायकहरुलाई अझ राहत मिल्ने थियो ।”
उनले जनवादी गायक, कलाकार र स्रष्टाहरुले आफ्नो कलाको माध्यमबाट जीविकोपार्जन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

अझै पनि हाम्रो जीऊमा गोली र छर्राहरुको बास छ…
कयौं साथी अंग–भंग भई, आज पनि पिढींको बास छ…
साथीहरु हो…क्रान्ती अझै बाँकी छ, यात्रा थोरै जटिल छ…
टुटफुट हुनुहुँदैन, मिल्नुको विकल्प छैन…

यी माथिका हरफ गायक तथा वरिष्ठ संगीतकार चेतन सापकोटाका हुन् । आध्यात्मिक, लोक, पप, भजन लगायत संगीतका विभिन्न आयाम हुने बताउदै उनले गीतसंगीतले समाजलाई विकास गर्ने र निदाएकालाई जगाउन सक्नुपर्ने बताए । समाज परिवर्तन र आन्दोलनका क्रममा जेबी टुहुरे, जीवन शर्मा जस्ता गायकहरु औलामा गन्न सकिने भन्दै उनले सम्मान दर्शाए ।

कलाकारलाई जीवन धान्नै पिरलो

उनले भने, “जुन स्रष्टाले माटोको लागि, आमाको लागि योगदान गरे, उहाँको त्यो श्रृङ्खलालाई अत्यन्त सम्मान गर्छौं । हाम्रा पुस्ता चलचित्र, पप र जनवादी सबैखाले गीत गाउँछौं । महोत्सव आयो भने मात लाग्यो, तिम्रो मायाको भन्ने जस्तो पनि गाइन्छ”, ठट्यौली शैलीमा उनले भने ।

तर टुहुरे जस्ता जनगायकहरुले ठीक्क पार्नका लागि मात्र गाएको नभएको र त्यो पक्षलाई संगाल्नुपर्ने, अनुसरण गर्नुपर्ने उनको भनाइ छ । त्यो पुस्ताको सम्मान पनि रहन्छ, व्यवसायिकरुपले बाँच्नुपर्ने भएकोले पनि सबैखालको गीत गाउनुपर्ने उनले बताए ।
कम्युनिष्ट आन्दोलन र यो आन्दोलनलाई एक्ताबद्ध गर्न यस्ता स्रष्टा, सर्जगहरुले योगदान गरेपनि आन्दोलन टुटफुट भएकोप्रति उनीहरुको नि दुखेसो छ । संघीयता, धर्मनिरपेक्षताको संरक्षण गर्दै कम्युनिष्ट आन्दोलनलाई एकढिक्क बनाउन आवश्यक रहेको सापकोटा बताउँछन् ।

एमालेप्रति इंगित गर्दै उनले भने, “कोही एकता गर्न आउछ भने सुध्रिएर आउनप¥यो । आडम्बरी हुनुभएन । देशैभरका कम्युनिष्ट पार्टी एक हुनुपर्छ । गरिखाने मान्छेको जीत हुनुपर्छ । गरिब सधैं मरेको म¥यैं भए ।”

‘सिमली छायाँमा बसी भरीया लामो सास फेरेको…’, ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ π’, सापकोटाले आफ्नो भनाइ सँगसँगै यी गीतहरु पनि एबीसीकर्मीसँग गुन्गुनाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group