ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश प्रदेशको चुनावी सरगर्मी, कस्को पल्ला भारी (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र २७, २०७९ सोमबार  ११ : ५८ बजे

काठमाडौं, २७ भदौ । मधेश प्रदेशमा आगामी चुनावको सरगर्मी बढ्दो छ । मधेशमा देशका प्रमुख राजनीतिक दलहरुदेखि मधेश केन्द्रीत दलहरुबीच रोचक प्रतिस्पर्धा हुने गरेको छ । यो समय सत्ता साझेदार दल जनता समाजवादी पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छुट्टै चुनावमा जाँदैछ भने डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठन भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि यो पटक मधेशमा पुराना नेताहरुलाई चुनौती दिदैछन् ।

मधेश प्रदेश अन्तर्गत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भए । उनी यसअघि २०७४ मा पनि सप्तरी २ बाट विजयी भएका थिए । जसपाको सप्तरी १ बाट हाल सासद रहेका डा. सूर्यनारायण यादव सिफारिस भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक चित्रलेखा यादव, पूर्व कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेतृहरुले यसअघि सिरहाबाट सांसद बनेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीले धनुषा क्षेत्र नम्बर २ बाट प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको नाम सिफारिस गरेको छ । यसअघि २०७४ को निर्वाचनमा अरगरियाले संघीय समाजवादी फोरमबाट १४ हजार मतान्तरले विजयी भएका थिए । उनीविरुद्ध एमाले र माओवादी गठबन्धनका उम्मेदवार रामचन्द्र झा पराजय बने । यो पटक पाँच दलीय सत्ता गठबन्धनका दलहरु चुनावी तालमेल गर्ने कसरतमा छन् ।

जसपाले धनुषा ४ प्रतिनिधिसभा क्षेत्रका लागि १२ जना उम्मेदवार सिफारिस गरेको छ । सिफारिसमा पर्नेमध्ये दुई जना जनकपुरधामकै मेयरमा पराजित उम्मेदवार पनि छन् । कांग्रेसले धनुषाबाट ११७ जनाको नाम सिफारिस गरेको छ भने नेकपा माओवादी केन्द्रले ३२ जनाको नाम सिफारिस गरेको छ । माओवादीले धनुषा १ बाट मातृकाप्रसाद यादव र धनुषा २ बाट योगकुमार बरबरियाको नाम सिफारिस गरेको छ । माओवादीले धनुषा क्षेत्र नम्बर ३ बाट सौखिलाल पासवान, युगेश्वर यादव र ४ बाट देवसागरको एकल नाम सिफारिस गरेको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी २ बाट यसपटक पहिलो चोटि संसदीय निर्वाचन लड्दैछन् । जेलमा रहेको मोहम्मद अफताव आलमलाई कांग्रेसले रौत्हट क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस ग¥यो । क्रुर घटनामा जेल परेका आलमको टिकट सिफारिसबारे चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने धनुषा ३ बाट जुलीकुमारी महतो, धनुषा ४ बाट रघुवीर महासेठ, रौतहट १ बाट अजय गुप्ता, रौतहट ३ बाट प्रशु साहको नाम सिफारिस गरेको छ । यसैगरी, एमालेले बारा २ बाट बलबीर चौधरी, बारा ४ बाट देवनारायण चौधरी, सिरहाबाट लिलानाथ श्रेष्ठ र पर्सा ३ बाट राजकुमार गुप्ताको नाम सिफारिस गरेको छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि एमालेले एक्लै लड्नेगरी तयारी अगाडि बढाएको छ । यद्दपि, पछिल्लो समय लोसपाले एमालेप्रति केही झुकाव बढाएको बुझिन्छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । तात्कालीन राजपा नेपालका अध्यक्षमण्डलका नेता ठाकुर यसअघि महोत्तरी ३ बाट भारी मतान्तरले विजयी भएका थिए । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट सिफारिस छन् । जसपाबाट पर्सा १ मा वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस छ । २०७४ यता मधेश केन्द्रीत दलहरु विभाजन भएका छन् र नयाँ दलहरु गठन भएका छन् । यसर्थ पनि, मधेश प्रदेशमा यसअघिको भन्दा आगामी निर्वाचन थप रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com