काठमाडौं, २७ भदौ । दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौ । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ । पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने ‘लहड’ नै शुरु भएको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको समय पारेर हरेक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । अन्य समयमा भन्दा यो समय नयाँ नोट ठूलो मात्रामा बाहिरिन्छ । यस वर्षको दशैलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंक ३५ अर्ब रुपैया“ सटहिको लागि नयाँ नोट बजारमा ल्याएको छ । दशैंमा नयाँ नोट सहितको दक्षिणा पनि दिने प्रचलन रहेको छ ।
हरेक वर्ष दशै नजिकिंदै गर्दा सर्वसाधारणले नयां नोट साट्ने गर्छन् । यस वर्षको दसैंका लागि राष्ट्र बैंकले आइतवार देखि ३५ अर्ब रुपैयाँ सटहिको लागि नयाँ नोट बजारमा ल्याएको छ । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही थालेका छन् । दशैतिहारका लागि सबै नेपालीले आजदेखि नयाँ नोट साट्न पाउने भएका छन् । दशैमा नयाँ नोटको छुट्टै महत्व रहने गर्दछ । त्यसैले पनि बैंकहरुमा चाडपर्वका लागि नया नोट साट्न उपत्यकाका २२ ठाउँ तोकेको छ ।
विगतका वर्षमा प्रतिव्यक्ति २७ हजारसम्म नोट साट्ने सीमा निर्धारण गरे पनि यस वर्ष भने त्यसलाई घटाएर राष्ट्र बैंकले ५ रुपैयाँ देखि ५ सय रुपैयाका १÷१ सेटका दरले एकजनालाई १८ हजार ५ सय नोट उपलब्ध गराउने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका समेत बताए । नेपाल राष्ट्र बैंक बालुवाटार र नेपालको जिल्ला स्थित वा प्रदेश स्थित सुर्खेतबाहेक कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा रहेको पौडेले बताए । नेपाल राष्ट्र बैंङकबाट लाइसेनस लिएका वित्तिय बैङकबाट पनि नया नोटको सटही लिन सक्ने पौडेलले बताए । राष्ट्र बैंकले नोट सटही कार्यलाई छिटो र सरल तरिकाले देशभर व्यवस्था गरेको बताए ।
अहिले सर्वसाधारणले समेत डिजिटल माध्यमबाट दक्षिणाको प्रयोगको थालनि सुरु गरेको समेत बताए । विगतका बर्षहरुमा नोट साट्न समस्या हुदै आए पनि यस बर्ष भने सहज रुपमा नयाँ नोट सवैले पाउने बताए । साथै राष्ट्र बैंकले नोटको जतन गर्न, केरमेट नगर्न तथा कुनै पनि तवरले क्षति नपुर्याउन सबैलाई आग्रह गरेको छ । त्यस्ता कार्य गरेमा मुलुकी अपराध ऐनअन्तर्गत ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । चाडवाड तथा विशेष गरे वडा दशैमा नया“ नोटको महत्व हुने गरेको छ । नया“ पुरानो नोटको मुल्य एकै हुने भएपनि दशैंमा टिका लगाए जमरासगै नयाँ नोट पाउदा बालबच्चा देखि सवै खुशि हुने गर्दछन् ।








प्रतिक्रिया दिनुहोस्