ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैंका लागि ३५ अर्ब रुपैयाँ सटहीको लागि नयाँ नोट बजारमा (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र २७, २०७९ सोमबार  ११ : ४४ बजे

काठमाडौं, २७ भदौ । दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौ । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ । पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने ‘लहड’ नै शुरु भएको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको समय पारेर हरेक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । अन्य समयमा भन्दा यो समय नयाँ नोट ठूलो मात्रामा बाहिरिन्छ । यस वर्षको दशैलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंक ३५ अर्ब रुपैया“ सटहिको लागि नयाँ नोट बजारमा ल्याएको छ । दशैंमा नयाँ नोट सहितको दक्षिणा पनि दिने प्रचलन रहेको छ ।

हरेक वर्ष दशै नजिकिंदै गर्दा सर्वसाधारणले नयां नोट साट्ने गर्छन् । यस वर्षको दसैंका लागि राष्ट्र बैंकले आइतवार देखि ३५ अर्ब रुपैयाँ सटहिको लागि नयाँ नोट बजारमा ल्याएको छ । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही थालेका छन् । दशैतिहारका लागि सबै नेपालीले आजदेखि नयाँ नोट साट्न पाउने भएका छन् । दशैमा नयाँ नोटको छुट्टै महत्व रहने गर्दछ । त्यसैले पनि बैंकहरुमा चाडपर्वका लागि नया नोट साट्न उपत्यकाका २२ ठाउँ तोकेको छ ।

विगतका वर्षमा प्रतिव्यक्ति २७ हजारसम्म नोट साट्ने सीमा निर्धारण गरे पनि यस वर्ष भने त्यसलाई घटाएर राष्ट्र बैंकले ५ रुपैयाँ देखि ५ सय रुपैयाका १÷१ सेटका दरले एकजनालाई १८ हजार ५ सय नोट उपलब्ध गराउने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका समेत बताए । नेपाल राष्ट्र बैंक बालुवाटार र नेपालको जिल्ला स्थित वा प्रदेश स्थित सुर्खेतबाहेक कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा रहेको पौडेले बताए । नेपाल राष्ट्र बैंङकबाट लाइसेनस लिएका वित्तिय बैङकबाट पनि नया नोटको सटही लिन सक्ने पौडेलले बताए । राष्ट्र बैंकले नोट सटही कार्यलाई छिटो र सरल तरिकाले देशभर व्यवस्था गरेको बताए ।

अहिले सर्वसाधारणले समेत डिजिटल माध्यमबाट दक्षिणाको प्रयोगको थालनि सुरु गरेको समेत बताए । विगतका बर्षहरुमा नोट साट्न समस्या हुदै आए पनि यस बर्ष भने सहज रुपमा नयाँ नोट सवैले पाउने बताए । साथै राष्ट्र बैंकले नोटको जतन गर्न, केरमेट नगर्न तथा कुनै पनि तवरले क्षति नपुर्याउन सबैलाई आग्रह गरेको छ । त्यस्ता कार्य गरेमा मुलुकी अपराध ऐनअन्तर्गत ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । चाडवाड तथा विशेष गरे वडा दशैमा नया“ नोटको महत्व हुने गरेको छ । नया“ पुरानो नोटको मुल्य एकै हुने भएपनि दशैंमा टिका लगाए जमरासगै नयाँ नोट पाउदा बालबच्चा देखि सवै खुशि हुने गर्दछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com