ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा प्रधानमन्त्री कहाँबाट बन्छ थाहै हुँदैन : अध्यक्ष ओली


एबीसी / संवाददाता
भाद्र २६, २०७९ आईतबार  १० : २३ बजे

काठमाडौँ, २६ भदौ ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रधानमन्त्री कहिले कहाँबाट बन्छ भनेर थाहै नहुने गरेको बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘नीति, थिति र राजनीति’ विषयक समापन सत्रमा बोल्दै अध्यक्ष ओलीले नेपाली राजनीतिमा राजनीतिक थिति र संस्कृतिको विकास हुन नसकेको बताए ।

उनले विकसित मुलुक अमेरिकाको राजनीतिसँग तुलना गर्दै थिति भएको राजनीतिसँग बेथितियुक्त मुलुकको राजनीतिको तुलना नहुने बताए । ‘अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एक पटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ ।

तर, हामी कहाँ थिति छैन । यहाँ शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो, तर चार वर्ष पनि चलाउनुभएको छैन होला,’ ओलीले भने, ‘त्यसको अर्थ के हो भने यहाँ सिस्टम छैन । यहाँ धक्कम् धक्का छस मुक्कम् मुक्का छ । यहाँ परमादेश छ । अमेरिकामा परमादेशबाट राष्ट्रपति बनेको छैनस चुनावबाट आएको छ । तर हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ रु थाहै हुँदैन ।’ उनले नेपाली राजनीतिमा राजनीतिक व्यवस्थाभित्रको व्यवस्थापन विकसित हुन नसकेको बताए । ‘हाम्रो मुलुकमा एउटा संस्कारको राजनीति, देश र जनताप्रति समर्पित राजनीतिको थिति बसाउन सकिएन, जुन एकदमै आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com