ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा प्रधानमन्त्री कहाँबाट बन्छ थाहै हुँदैन : अध्यक्ष ओली


एबीसी / संवाददाता

काठमाडौँ, २६ भदौ ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रधानमन्त्री कहिले कहाँबाट बन्छ भनेर थाहै नहुने गरेको बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘नीति, थिति र राजनीति’ विषयक समापन सत्रमा बोल्दै अध्यक्ष ओलीले नेपाली राजनीतिमा राजनीतिक थिति र संस्कृतिको विकास हुन नसकेको बताए ।

उनले विकसित मुलुक अमेरिकाको राजनीतिसँग तुलना गर्दै थिति भएको राजनीतिसँग बेथितियुक्त मुलुकको राजनीतिको तुलना नहुने बताए । ‘अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एक पटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ ।

तर, हामी कहाँ थिति छैन । यहाँ शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो, तर चार वर्ष पनि चलाउनुभएको छैन होला,’ ओलीले भने, ‘त्यसको अर्थ के हो भने यहाँ सिस्टम छैन । यहाँ धक्कम् धक्का छस मुक्कम् मुक्का छ । यहाँ परमादेश छ । अमेरिकामा परमादेशबाट राष्ट्रपति बनेको छैनस चुनावबाट आएको छ । तर हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ रु थाहै हुँदैन ।’ उनले नेपाली राजनीतिमा राजनीतिक व्यवस्थाभित्रको व्यवस्थापन विकसित हुन नसकेको बताए । ‘हाम्रो मुलुकमा एउटा संस्कारको राजनीति, देश र जनताप्रति समर्पित राजनीतिको थिति बसाउन सकिएन, जुन एकदमै आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com