काठमाडौं, २६ भदौ । महाअभियोग सिफारिस समितिले भदौ मसान्त भित्रै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लाग्ने(नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने भएको छ। समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन पेश गर्ने गरि तयारी भइरहेको बताएका हुन्। महाभियोगबारे यहिँ महिनाको मसान्त भित्र प्रतिवेदन दिने कोसिस गर्दैछौँ, विश्वकर्माले भने, बयान सँगसँगै हामीले प्रतिवेदनको तयारी पनि अघि बढाएका छौँ।राणासँग आज पनि समितिले बयान लगाएको थियो। बयानको क्रममा पूर्व प्रधानन्यायाधीशलाई राणाले गालीगलौज गरेको विश्वकर्माले बताए।
समितिले अहिलेसम्म राणालाई ३५ वटा प्रश्न सोधेको छ। राणा विरुद्ध समितिले लागेका आरोपहरुबाट झण्डै ५० वटा प्रश्न तयार पारेको थियो। समितिले आगामी मंगलबार १ बजे पुन बयानका लागि राणालाई बोलाएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो।
राणाविरूद्ध दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो। राणाविरूद्ध अहिले समितिले लागेका आरोपमाथि बयान लिने काम गरिराखेको छ।








प्रतिक्रिया दिनुहोस्