ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो मालिकको शवसगै जल्न तयार हुने कुकुर (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र २६, २०७९ आईतबार  ४ : १७ बजे

काठमाडौं, २६ भदौ । कुकुर निकै वफादार जनावर हो । सुघ्ने क्षमता उच्च भएका कारण विभिन्न आप–राधिक क्रियाकलापको अनुसन्धान गर्ने क्रममा समेत कुकुरको प्रयोग गरिन्छ । घरको सुरक्षाका लागि कैयौंले कुकुर पाल्ने गर्छन् ।

घरको सुरक्षामात्र होइन कुकुरले घरमा परिवारका सदस्यको पनि उत्तिकै हेरचाह र सुरक्षा गर्छ , नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन ।’ घटना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । उनले कुकुरको नाम राखिदिए, सफी । सफीलाई उनकै आमा हैरानी चौधरीले स्याहारसुसार गरेर हुर्काइन् । कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ बन्यो । चौधरीले आफ्नै कोखका बालबच्चा झैं सफीलाई माया दिए । उनीहरु सँगै बस्ने, खाने गर्थे । तर भदौ २५ गते शनिबार हैरानी चौधरीको क्यान्सरले निधन भयो । जसै हैरानी चौधरीको शव घरमा राखियो, सफीले उनको साथ छाडेन । सामान्यतः मृत्यु संस्कारमा कुकुर–बिरालोलाई शव छुन दिइँदैन । हैरानीको शवको छेउछाउ आएपछि मलामीका लागि आएका छिमेकीले उनलाई धपाउन थाले ।परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर शव राख्नुअघि नै उक्त कुकुर पलङमा बसिदियो ।

छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे । कुकुर कसैगरी पनि त्यहाँबाट भागेन । आखिरमा कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधियो ।‘रुखमा बाँधेपछि झन् उग्र भयो । साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाइयो । अनि घाटतिर लाग्यौं । तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो ।’ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो । मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो । तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्याइरह्यो ।तराईको चर्को गर्मी । त्यतिका समय कुकुर दौडिएको दौडिएकै छ ।  कुनै मलामीले कुकुरलाई पनि ट्याक्टरमै राख्न भने । ट्याक्टरमा चढाएपछि उक्त कुकुर हैरानी चौधरीकै शवको छेउमा बसिरह्यो ।‘बेलाबेला शवलाई सुँघेर क्याउँक्याउँ गर्दै कराउँथ्यो,’ अनन्तलाल भन्छन्, ‘हामीलाई भन्दा बढी पीर त उसलाई परेको जस्तो देखिन्थ्यो ।’कर्णालीको घाटमा पुर्‍याएपछि चिता तयार गरियो । शवलाई चितामा राखियो । तर कुकुर पनि चितामा चढ्यो र शवसँगै लमतन्न परेर बसिरह्यो । कुकुरलाई हटाउँदा चिता भत्कियो । दाउराले कुकुरलाई चोट लाग्यो । तर ऊ पछि हटेन । ‘चितामा बसेपछि मलामी पनि भावुक भए,’ अनन्तलाल सुनाउँछन्, ‘शव जलाउन समस्या भएपछि उसलाई समातेर राख्यौं ।’

शव जलिसकेपछि पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो । सफी नामको उक्त कुकुरले शवको पछि लागेको र चितामा बसेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ । उक्त कुकुरले दर्शाएको प्रेमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।कतिले टिकटक बनाउनका लागि पो कुकुरलाई सुताएर यस्तो भिडियो खिचेको हो कि भनेर शंका गरेका छन् । यद्यपि हैरानी चौधरीका छोरा अनन्तलाल भने यो कुनै नाटकीय घटना नभई कुकुरले वास्तवमै शवलाई पछ्याएको र चिता जल्न तयार भएर बसेको बताउँछन् ।

http://www.abcnepal.tv/wp-content/uploads/2022/09/video-dbf9fba7-54db-40f3-ab3f-0e2ee74165be-1662892295.mp4
http://www.abcnepal.tv/wp-content/uploads/2022/09/video-c02b8ac1-4f95-4d03-a893-03046efee25c-1662892274.mp4

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com