ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानसम्मत कदम चाल्छु, अदालतले केही गर्दैन–राष्ट्रपति भण्डारी


एबीसी / संवाददाता

काठमाडौं, २३ भदौ । नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धनसँग रुष्ट राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव नजिकै शीतल निवास पुगेका थिए ।

उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष पोखेकी थिइन् । विधेयकमा रहेका कतिपय प्रावधान जति बहुमतले पारित गरे पनि गलत नै रहेको भण्डारीको तर्क थियो । ‘फेरि प्रमाणीकरणका लागि आएको छ, तर मैले यत्तिकै हेर्ने कुरा हुँदैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै यादवले गठबन्धनका शीर्ष नेताहरुसँग सुनाएका थिए, ‘मैले संविधानकै सीमाभित्र रहेर केही गर्छु, त्यसलाई अदालतले पनि केही भन्ने ठाउँ हुँदैन ।’यादवको कुरा सुनेका कांग्रेसका एक नेताका अनुसार त्यो कदम के हो, कस्तो प्रकारको हो भन्नेबारे राष्ट्रपतिले प्रष्ट खुलाइनन् । तर भण्डारी यत्तिकै बस्ने अवस्थामा नरहेको आफूले पाएको उनले सुनाएका थिए । ‘मैले उहाँलाई अब तपाईंसँग संविधानले दिएको विकल्प बाँकी छैन भनेर सम्झाएँ, अस्ति पुनरावलोकनका लागि फिर्ता पठाउने विकल्प पनि सकिइसकेको यथार्थ जानकारी गराएँ,’ यादवले बालुवाटारमा नेताहरुसँग भनेका थिए ।

असोज १ सम्म विधेयक प्रमाणीकरण नभए यसबारे विभिन्न कोणबाट प्रश्न उठ्न सक्नेछन् । कांग्रेस नेता रामचन्द्र पौडेलले उपेन्द्र र राष्ट्रपति भेटबारे संक्षिप्तमा सुनाउँदै अब शीतल निवासले केही गर्न खोजे त्यसबाट प्रतिकुलतामात्रै निम्तिने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com