ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ मा संघीय निर्वाचनमा क-कस्को उम्मेदवारी (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २२ भदौ । आगामी संघीय निर्वाचनमा प्रदेश १ बाट विभिन्न शीर्षस्थ नेताहरु होमिदै छन् । सत्ता गठबन्धन अन्तर्गत परराष्ट्रमन्त्री रहेका डा. नारायण खड्कादेखि, स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका भवानी खापुङ, माओवादी केन्द्रका राम कार्की, सुदन किराँती लगायतका नेताहरु बलियो दाबेदारका रुपमा छन् । प्रदेश १ अन्तर्गत समाजवादीका सम्मानित नेता झलनाथ खनालदेखि प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु आगामी निर्वाचनको तयारीमा जुटेका छन् ।

प्रदेश १ मा उदयपुरको निर्वाचन क्षेत्र १ का लागि परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कासहित प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस भएको छ । २०७४ को निर्वाचन परिणाम अनुसार उदयपुरमा कांग्रेस र माओवादी बलियो देखिन्छ । सञ्चार तथा सूचना प्रविभि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सांसदका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेवार सिफारिस भए । यसअघि झापा १ मा माओवादी केन्द्रका राम कार्कीले शर्मालाई पराजित गरेका थिए । कार्की भने यस पटक ओखलढुंगाबाट चुनाव लड्दैछन् । कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला भने झापा ३ बाट एकल उम्मेदवार छन् । सत्ता गठबन्धनका नेताहरुबीच निर्वाचन क्षेत्रमा थप सहमति जुटाउने क्रम जारी छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा एमालेले वसन्त कुमार नेम्वाङ सर्वसम्मत सिफारिस गरेको छ । एमालेको इलाम १ बाट महेश बस्नेत, इलाम २ बाट सुवास नेम्वाङ संघीय सांसदका उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनाल इलाम १ बाट उम्मेदवार सिफारिस छन् । ताप्जेलुङमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङबोको नाम सिफारिस गरेको छ । कांग्रेसले मोरङ २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ । बाइट…
सुनसरी १ मा प्रत्यक्षतर्फ कांग्रेसले मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस गरेको छ भने यो क्षेत्रमा एमालेले जयकुमार राईको एकल नाम सिफारिस छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष झापा ५ बाट उम्मेदवार छन् । एमालेले झापा १ मा रविन कोइराला उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको चार वटा क्षेत्रमा उम्मेदवार तय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट लड्दैछन् । राप्रपाले ओलीको क्षेत्रमा उम्मेदवार तय गरेको छैन ।

एमालेले मोरङ २ मा ऋषिकेश पोखरेल, मोरङ ३ मा भानुभक्त ढकाल, मोरङ ४ मा विनोद ढकाल र मोरङ ५ मा योगी मण्डल उम्मेदवार तय गरेको छ । यसैगरी, सुनसरी ३ मा भगवती चौधरी, झापा ४ मा एलपी साँवा लिम्बु, सोलुखुम्बुमा मानवीर राई उम्मेदवार तय गरेको छ । प्रदेश १ का १४ जिल्ला र त्यसका निर्वाचन क्षेत्रहरुमध्ये दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । यस प्रदेश अन्तर्गत हेबीवेटका नेताहरुबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com