ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको बाटो तय गर्न राजनीतिक दलहरुमाथि दबाब (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र २०, २०७९ सोमबार  १२ : १९ बजे

काठमाडौं, २० भदौ ।  गाउँ, शहर दुनियाँ ब्युँझाउने अभियानका साथ समाचार, सूचना र जनजीविकाको सवाललाई उठाउदै आएको एबीसी टेलिभिजन स्थापना भएको आज १४ वर्ष पूरा भएको छ । एबीसी न्यूजले आवाजविहीनको आवाज बनेर लगातार जनताको पक्षमा रहेर राज्यलाई खबरदारी गर्दै आएको छ । एबीसी जनताको टेलिभिजन हो । सामाजिक विकृतिमा मात्रै होइन राज्यबाट हुनेगरेका कमी कमजोरी र जनताको आ“शुमा रमाउने भ्रष्टाचारी स“गै अपराधीको कठालो समात्ने सवालमा हामीले दुईपटक कहिल्यै सोचेनौं । नेपालमा न्युज च्यानलको बास्तविक स्वादमा दर्शकलाई एबीसीको यो १५ औं बसन्तले राम्रैसंग मोहनी लगाउन सफल भएको हाम्रो बुझाइ छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । गाउ“ शहर र दुनिया“ बिउ“झाउने अभियानका साथ गाउ“, शहर र दुनिया“कै सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रस्तुत गर्ने एबीसीको यात्राले आज १४ वर्ष पूरा गरेको छ । एबीसी न्यूजले टेलिभिजनको पर्दाबाट हरेक गतिबिधिलाई जस्ताको तस्तै पस्किदै आइरहेको छ । गाउ“ समाजमा रहेका सुक्ष्म कथा, व्यथामात्रै होइन देशको दूरदराजमा राज्यले गरेका गतिबिधिलाई पनि हामीले का“चको पर्दाबाट आम जनतासमक्ष पु¥याएका छौं । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी न्यूजले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु निरन्तर प्रशारण गरिरहेको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी न्यूज हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । संविधानसभाको पहिलो निर्वाचन लगत्तै दर्शकमाझ उपस्थित भएका हामी जहिल्यै फरक धारमा दौडियौं ।

अर्को हिसाबले भन्ने हो भने नयां गणतान्त्रिक चेतनामा देशलाई अघि बढाउनु पर्दछ भन्ने ‘थिम’मा हामी हिंड्न रुचायौं । अरु मिडियाले राजनीतिक समाचार बटुल्दै हि“ड्दा एबीसी राजनीतिक एजेण्डा तय गर्न तम्सियो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका लागि खुलेआम वकालत गर्ने मिडिया कुनै थियो भने, त्यो एबीसी मात्रै थियो । राष्ट्र र जनताको परिवर्तनका लागि नेताका बोली टिपेर घन्काउने होइन, राष्ट्रहित र जनहितका एजेण्डा उठाउन सक्नुपर्छ भन्ने सूत्र समातेको थियो एबीसीले ।

हो, राजनीतिक एजेण्डामा हामी जहिल्यै अग्रपंक्तिमा नै रह्यौं । यसो भनिरंहदा हामीले सदा गर्ब महसुस गरिरहन्छौं । मुलुकको सुशासन कायम गर्न राज्य संचालकहरुलाई जवाफदेही बनाउन तथा भ्रष्टाचारप्रति शुन्य सहनशीलताको संस्कृति बसाल्नै पर्ने दायित्व मिडियाको कांधमा आएको छ । सबैखालका विकृति, विसंगति र अहिले डरलाग्दो गरी राजनीतिक सिन्डिकेटका आधारमा झांगिएको नीतिगत र संस्थागत भ्रष्टाचारलाई उदाङ्गो पारेर निराश बन्दै गएका जनतामा आशाको दियो बाल्नै पर्दछ ।

एबीसीको अबको मिशन भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अवलम्वन गर्दै समृद्धिको बाटो तय गर्न राजनीतिक दलहरुमाथि दबाब सिर्जना गर्नु नै हो । यिनै र यस्तै गतिबिधिमा केन्द्रित बन्दै आएको एबीसी न्युजले आज मात्रै आफ्नो बाषर््िाकउत्सव मनाएको छ । टेलिभिजनको वार्षिकोत्सवको सन्दर्भमा टेलिभिजनका टेलिभिजनका अध्यक्ष एवम् प्रधानसम्पादक शुभसंकर क“डेलले टेलिभिजनलाई आम जनतामाझ पु¥याउन भूमिका खेल्ने, केवल डिटिएच प्रदायक संगै टेलिभिनजनलाई बिज्ञापन उपलब्ध गराउने बिज्ञापनदाता संगै टेलिभिजनको स्थपनाकाल देखि संस्थामा रहेका जुनकुनै भुमिका निर्वाह गरेका सवैलाई आभार ब्यक्त गरे ।

त्यस्तै टेलिभिजनको बार्षिकउत्सवकै अवसरमा एबीसीस“ग कुरा गर्दै नेकपा एमाले स्थायी कमीटि सदस्य केशव बडालले एबीसी टेलिभिजनले राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता, अखण्डता, सार्वभामिकता लगायत लोकतन्त्र र समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने अभियानमा गरेको योगदानको स्मरण गरे ।

यस्तै, संविधानसभा सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले एबीसीले आगामी दिनमा जनताको पक्षमा थप थप आवाज बुलन्द पार्नेमा बिश्वास ब्यक्त गरे ।  आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी न्यूजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताको कारण एबीसी न्यूजले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । सुरु गरेका कामको निरन्तरता र नविन कामको सुरुवात एबीसी मिसन हो । सत्य, तथ्य र विश्वसनीयतामा हामी कहिल्यै चुक्दैनौं र नया“ प्रयोगमा कहिल्यै पछाडी हट्दैनौं । सदा झैं गाउ“, शहर, दुनिया“ ब्यू“झाउने हाम्रो अभियान जारी छ । र, निरन्तर जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com