ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को कार्यकाल लम्ब्याउने गरी संसदमा दर्ता भएको विधेयक विवादमा : कुन नेताले के भने ?


एबीसी / संवाददाता

काठमाडौं, २० भदौ ।  प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा दर्ता गरेको विधेयकमा विवाद बढ्दै गएको छ ।

चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजेको भन्दै संविधानविद् र नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ । हिजो प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । कांग्रेस र माओवादीका सांसदहरुले भने विधेयकको समर्थन गरेका छन् ।

मन्त्रिपरिषदबाट पारित भएर हिजो प्रतिनिधि सभामा पेस भएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनदेखि गणना गर्ने र नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनदेखि अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।

चुनाव घोषणा भइसकेको अवस्थामा सरकार नै कामचलाउको हैसियतमा हुने र उम्मेदवारी दर्तापछि संसद्ले पनि काम गर्न नमिल्ने भएकाले कार्यकाल लम्ब्याउनु संविधानको मर्मविपरीत हुने संविधानविद्हरुले भन्दै आएका छन् । चौतर्फी विरोधपछि विधेयक के गर्ने भन्नेमा सरकार नै अलमलमा परेको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ ।

संसद बाहिर मन्त्री र सांसदहरुको प्रतिक्रिया

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले आगामी मंसिर ४ गतेपछि पनि संसदलाई निरन्तरता दिएर सांसदहरुलाई तलव भत्ता दिने गरी कानून ल्याउँदा दुःख लागेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्ष दलले त्यही अनुसार तयारी गरेर ल्याएकाले राप्रपाले रोकेर कानून नरोकिने भएको भन्दै संसदबाट नै राजीनामा दिएको बताउनु भयो । अध्यक्ष लिङदेनले आजबाट सांसदको हैसियतले कुनैपनि सेवा सुविधा नलिने गरी अनैतिक काम रोक्न नसके पनि आफू नबिटुलिने निर्णय गरेको बताउनु भयो । उहाँले संसदको समय मंसिरपछिसम्म लम्ब्याउने सत्तापक्षको उद्देश्य भएपनि अनैतिक काम भएको जिकिर गर्नुभयो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अहिले निर्वाचन घोषणा भएर संसदको विघटन भएको भन्ने अवस्थामा संसदको म्याद लम्ब्याउने कानून ल्याउनु आपतिजनक भएको बताउनु भयो । उहाँले सरकारले अहिलेको अवस्थामा संसदको म्याद कहिलेसम्म भन्ने विषयको बाधाअड्काउ फुकाउने प्रयोजन भन्दा अन्य उद्देश्य ल्याएको भए लोसपाले यसको बिरोध गर्ने बताउनु भयो । उहाँले संविधानमा शुरुदेखि विरोध रहेको भन्दै संविधान नै कामचलाउ रहेकाले मुख्य राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

त्यस्तै,नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राणा र पञ्चायतको जस्तै सत्ता हातमा छ भन्दैमा मनलाग्दी कानून संशोधन गर्न नमिल्ने बताउनु भयो । उहाँले प्राधानन्यायाधीश चोलेन्द्र समशेर जबरा सर्वोच्च फर्किएसँगै परमादेश सरकार खारेज हुने डरले संसदको म्याद लम्ब्याउने कानून ल्याएको स्पष्ट पार्नुभयो । सांसद सुवालले मजदुर किसान पार्टी यो विषयमा बिरोधमा रहेको पनि बताउनु भयो ।

 

त्यस्तै,सांसद हृदयेश त्रिपाठीले प्रतिनिधि सभाको म्याद थप्ने कानून आगामी संसदको लागि राम्रो हुने बताउनु भयो । उहाँले अघिल्लोपटक आफू पनि सरकारमा भएको बेलाको सरकारले नालायकीपन गरेको बताउनु भयो । सांसद त्रिपाठीले राप्रपाका अध्यक्षले निर्वाचन घोषणा भएको अवस्थामा सांसद पदबाट राजीनामा दिनु नाटक मात्रै भएको बताउनु भयो । उहाँले नेपालको न्यायलयमा कति अस्तव्यस्तता भएको छ भन्नेकुरा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानले प्रष्ट पारेको बताउनु भयो ।

त्यस्तै,नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको म्याद लम्ब्याउने कानून ल्याउन उपयुक्त नभएको बताउनु भयो । उहाँले सरकारले निर्वाचन घोषणा गरेपछि पुरानो संसदको म्याद लम्ब्याउन नहुने बताउनु भयो । सिंहले जुन संसदमा जुन प्रक्रियाबाट सांसद भएर आएको हो त्यही प्रक्रिया अनुसार जानुपर्ने बताउनु भयो । उहाँले एकैदिन निर्वाचित भएको सांसदहरु फरक दिनमा रिटायर्ड नहुने दाबी गर्नुभयो ।

त्यस्तै,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभा सम्बन्धि कानूनमा सांसदहरुको पाँच वर्ष कार्यकालमा कुनै फरक नगरिएको बताउनु भयो । उहाँले संसद कहिले सकिन्छ भन्ने विषयमा विवाद भएको नयाँ कानून अनुसार नयाँ संसद बस्ने र पुरानो संसद अन्त्य हुने स्पष्ट हुनेगरी कानून आएको बताउनु भयो । मन्त्री बडूले केही समय अगाडि आएको भए सबैले प्रश्न नउठाउने दाबी गर्दै अहिले आएकाले प्रश्न उठाएको हुनसक्ने बताउनु भयो ।

त्यस्तै,नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले सरकारले प्रतिनिधि सभा संसदको पाँच वर्षको प्रारम्भिक र अन्त्य कहिले हुने भन्ने कुराको व्याख्या कानूनले गरेको बताउनु भयो । उहाँले संसदको म्याद थप्नको लागि कानून नल्याएको स्पष्ट पार्नुभयो ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले संविधान भन्दा माथि कुनैपनि कानून नहुने बताउनु भयो । उहाँले सरकारले प्रतिनिधि सभाको प्रारम्भ र अन्त्य कहिले हुने भन्ने कानूनी व्यवस्था मात्रै ल्याएको दाबी गर्नुभयो । मन्त्री शर्माले जनप्रतिनिधिको संस्था खाली राख्न नहुने बताउनु भयो । उहाँले अहिले सरकारले संसदमा पेस गरेको कानूनमा सांसदहरुको कार्यअवधि नबढ्ने दाबी गर्नुभयो । उहाँले प्रतिनिधि सभाको म्याद सांसदको कार्यअघि बढाउने व्याख्या गलत भएको बताउनु भयो ।

त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले निर्वाचन घोषणा गरेपश्चात पनि सरकारले संसदको म्याद बढाउने गरी कानून ल्याएर नाजाहेज काम गरेको बताउनु भयो । उहाँले नेकपा एमालेले त्यसको बिरोध गरेको बताउनु भयो । सांसद तामाङले प्रतिनिधि सभा निर्वाचन घोषणासँग सकिनुपर्ने दाबी गर्नुभयो । उहाँले अहिले सशक्त प्रतिनिधि सभा जस्तो बैठक बस्नु नै गलत भएको बताउनु भयो ।

उहाँले संसदको समय असोज २ गते भन्दा पर लैजान नमिल्ने पनि बताउनु भयो । उहाँले त्यही अनुसार एमालेले बिरोध र संशोधन हाल्ने स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com