ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखा जिल्लामा प्रभावशाली नेताहरुको ध्यान (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र १८, २०७९ शनिबार  ११ : ५३ बजे

काठमाडौं, १८ भदौ । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलको खाका बनाउने तयारी थालिसक्दा केही जिल्ला भने चर्चाको केन्द्रमा छन् । कुनै वेला माओवादी सशस्त्र युद्धको प्रभाव केन्द्र र उद्गम थलो मानिने गोरखा मंसिरमा हुने महानिर्वाचनमा पनि इपिसेन्टर नै बन्ने निश्चित छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाटै चुनावी प्रतिस्पर्धामा जान सहमत भएका छन् । यो सहमतिसँगै बाबुराम सात बर्षपछि माओवादीतिरै फर्केको टिप्पणी भइरहेको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका पनि प्रभावशाली नेताहरुको ध्यान गोरखामा केन्द्रित छ ।

प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिन्ह लिएर जनतामाझ जान तयार भएपछि डा.बाबुराम भट्टराईमाथि विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् । माओवादी जनयुद्धका एक सूत्राधार भट्टराई शान्ति प्रक्रियापछि सोही पार्टीको उपाध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बने । २०७० सालमा नयाँ संविधान जारी भएपछि माओवादी केन्द्रलाई रातो स्टिकर टाँसेको घर को संज्ञा दिँदै अलग भएका उनले नयाँ शक्ति, समाजवादी र जनता समाजवादी दल गठन गरेर नेतृत्वको असफल अभ्यास गरे । २०७४ सालको चुनावमा नयाँ शक्तिबाट चुनाव जितेका भट्टराईले आफ्नो अस्तित्व भने जोगाउँदै आएका छन् । पछिल्लो समय जनता समाजवादीबाट समेत चोइटिनुपरेपछि आफूलाई सुरक्षित राख्न भट्टराईले गोरखा २ मा प्रचण्ड नेतृत्वकै माओवादीतर्फ एकताको हात बढाएका हुन् ।

गोरखा–२ बाबुरामका लागि निर्विकल्पजस्तै क्षेत्र हो । त्यस्तै गोरखा–२ नारायणकाजी श्रेष्ठको पनि निर्वाचन क्षेत्र हो । निर्वाचनमा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवारले गोलाकारभित्रको हँसिया हथौडा लिएर प्रतिस्पर्धामा उत्रने सहमति भइसकेको छ । बाबुरामले माओवादीको चुनाव चिह्न लिएपछि नारायणकाजीलाई चुनौती थपिएको छ । यद्यपी नेताहरु भने बाबुरामले हँसिया हथौडामा चुनाव लड्ने कुरालाई स्वागत गर्दै यसलाई राष्ट्रिय आवश्यकता भएको बताउदै आएका छन् ।

२०६४ को निर्वाचनमा माओवादीले गोरखाबाट मात्रै ७५ प्रतिशत मत पाएको थियो । तत्कालीन माओवादीबाट गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा देशभर माओवादी कमजोर बन्दासमेत गोरखाको तीन वटै निर्वाचन क्षेत्रमा माओवादीले वर्चस्व राख्यो । संविधान जारी भएपछि भट्टराइले पार्टी छाडे । भट्टराईले पार्टी छाडेसँगै एक हिस्साले उनलाई साथ थिए । कार्यकर्ता बाँडिए । भट्टराईले माओवादी छाड्दाको प्रभाव २०७४ को स्थानीय तह, प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पनि देखियो ।
एक्लै प्रतिस्पर्धा गरेको माओवादी ११ स्थानीय तहमध्ये दुई पालिका प्रमुख उपप्रमुखमा सीमित बन्यो ।

२०६४ यताको १० वर्षको अवधिमा गोरखालाई जनयुद्धको उद्गम थलो मान्दै आएको माओवादी कमजोर बन्न पुग्यो । यद्यपी माओवादी केन्द्रप्रति गोरखा जनताको पूर्ण विश्वास रहँदा भट्टराईलाई सो चुनाव चिह्नले अझ सहज हुने देखिन्छ । स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ । तर, बाबुराम भट्टराई नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोटसमेत तान्ने सम्भावना हुन्छ । तर, राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएका पूर्वउपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि एउटै चुनाव क्षेत्रमा एउटै चुनाव चिन्हमा भिड्नु भट्टराई र श्रेष्ठ दुबैका लागि जोखिमपूर्ण छ । ६४ मा भारी मतले विजय भएका भट्टराई सोही ठाउँमा अर्को निर्वाचन चिन्ह लिएर उमेद्वारी दिँदा जित्ने सम्भावना कती होला, चासोको विषय बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com