काठमाडौं, १८ भदौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुको तयारी तीव्र बनेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा प्रमुख राजनीतिक दलका मुख्य नेताहरुको चुनावी तयारी र निर्वाचन क्षेत्रको विशेष चर्चा हुने गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शमा ओलीदेखि सरकारको नेतृत्व गर्दै आएको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका मुख्य नेताहरुको निर्वाचन क्षेत्र र चुनावी तयारीबारे विशेष चर्चा हुने गरेको छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुदैछ ।
यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाप्रति सबैको विशेष ध्यान गएको छ । एमाले अध्यक्ष ओली झापाको निर्वाचन क्षेत्र नम्बर ५ पर्दछ । आगामी निर्वाचनमा ओलीविरुद्ध यस क्षेत्रमा नेपाली कांग्रेसका विश्वदीप लिङ्देन, डा. खगेन्द्र अधिकारी, मेदनी सिटौलाको नाम चर्चामा छ । यसैगरी, नेकपा माओवादी केन्द्रबाट गगन पुरी, रञ्जित तामाङ, सुरेन्द्र बस्नेत लगायतका नामहरु छन् । पुराना नेतृत्वबाट परिवर्तन र विकास सम्भव छैन भन्दै युवा एवम् स्वतन्त्र उम्मेदवारहरु युग पाठक र कलाकार समेत रहेका कुमार कट्टेल जिग्री पनि ओलीकै क्षेत्रबाट चुनाव लड्दैछन् । एमाले अध्यक्ष ओलीले निर्वाचनको निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन् ।
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध एमालेले राप्रपा लगायतका साना दलहरुसँग चुनावी तालमेल गरेको थियो । त्यसो त, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र पनि झापा नै हो । लिङ्देन झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट लड्दै आएका छन् । २०७४ सालको निर्वाच्नमा लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएका थिए । यो क्षेत्रमा एमालेका दुर्गा प्रसाई चुनावी मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । लिङ्देन र प्रसाईबीच मुटावको स्थिती सिर्जना हुने देखिएपनि मुख्यरुपमा एमाले र राप्रपाबीच तालमेल भए झापा ५ मा ओली र क्षेत्र नम्बर ३ मा लिङ्देनलाई जिताउने चुनवाी रणनीति हुनसक्छ । राप्रपा अध्यक्ष लिङ्देनको चुनाी सक्रियता बढेको छ ।
सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा होमिने दौडधूपमा छन् । यसअघि उनी दुई पटक पराजित बनेका थिए । शर्मा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका हुन् । उनी यो पटक लोकतान्त्रिक–वाम गठबन्धन बनेका कारण उनै कार्कीले सघाउने आशामा छन् । यो क्षेत्रमा एमाले भने केन्द्रीय सदस्य एवम् मेची नगरपालिकाका पूर्व मेयर रविन कोइरालालाई प्रतिस्पर्धामा अघि सार्ने तयारीमा छ । कांग्रेस नेताद्वय शर्मा र सिटौलाको जिल्ला एउटै झापा रहेपनि उनी दुईबीच वैमनस्यता रहदै आएका कारण यसको असर चुनावमा पर्दै आएको छ ।
पा क्षेत्र नम्बर २ मा एमालेबाट अग्नि खरेल, कांग्रेसबाट केशरकुमार बुढाथोकी र छत्र गिरीको नाम चर्चामा छ । २०७४ मा यो क्षेत्रमा एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् । एमाले र राप्रपाबीच तालमेल भए खरेल बलियो दाबेदारका रुपमा देखिएका छन् । यस्तै झापा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका देउमान थेबेले आफू बलियो दाबेदारको रुपमा प्रस्तुत गरेका छन् । एमालेबाट हिरा थापा छन् । २०७४ को चुनावमा एमालेका लालप्रसाद साँवा लिम्बू देउमानलाई पराजित गर्दै विजयी बनेका थिए । स्थानीय निर्वाचनको मतपरिणाम अनुसार एमाले अध्यक्ष ओली आफ्नो क्षेत्रमा बलियो देखिन्छन् । झापामा सत्ता गठबन्धनका दलहरुले एकअर्कालाई सघाउने र एमालेले राप्रपा लगायतका दलहरुसँग चुनावी गठबन्धन गदै परिणाम आफ्नो पोल्टामा ल्याउन कडा प्रतिस्पर्धा हुने देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्