ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानको काबुलस्थित होटलमा बन्दुकधारीको आक्रमण, पाँचजना घाइते  


admin
माघ ७, २०७४ आईतबार  २ : ४३ बजे

काठमाडौं, ७ माघ । अफगानिस्तानका अधिकारीहरूले राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा कम्तीमा चारजना बन्दुकधारीले हमला गरेको बताएका छन् ।

विशेष फौजले चारमध्ये दुईजनाको हत्या गरेको र अन्य हमलाकारीसम्म पनि पुग्ने प्रयास गरिरहेको आन्तरिक मामिलासम्बन्धी मन्त्रीका प्रवक्ताले बताएका छन् । बन्दुकधारीहरू शनिबार राति होटलमा प्रवेश गरेर होटलका पाहुना र कर्मचारीमाथि गोलि चलाएका थिए र ग्रिनेड विस्फोट गराएका थिए ।

अधिकारीहरूले ती बन्दुकधारीको आक्रमणमा परी पाचजना घाइते भएको बताएका छन् । पाच तल्ले भवनमा स्थानीय समय अनुसार राति ९ बजेतिर हमला शुरू भएको बताइएको छ ।

बन्दुकधारीहरूले होटलमा प्रवेश गर्नका लागि पहिला होटलका सुरक्षागार्डमाथि गोली चलाएका विवरणहरू आएका छन् । सुरक्षा फौज आइपुग्नु अघि ती बन्दुकधारीहरूले होटलका कर्मचारीहरू र पाहुनामाथि गोली हान्न थालेका थिए ।

सुरक्षा फौज आइपुगेपछि उनीहरूले शुरुमा होटलको भुइतल्ला खाली गरे तर हमलाकारीहरू अझै होटलको माथिल्लो तल्लामा रहेको आन्तरिक मामिला सम्बन्धी मन्त्रीका प्रवक्ता नसरत रहिमीले बीबीसीलाई बताए ।

होटलमा प्रान्तीय अधिकारीहरूको सूचना प्रविधिसम्बन्धी सम्मेलनको आयोजना भएको खबरहरू आएका छन् ।

काबुलस्थित अमेरिकी दूतावासले सहरका होटलहरूको सुरक्षाबारे सचेत रहन भनेको केही दिनमै होटलमा यस्तो हमला भएको हो । यो होटलमा सन् २०११ मा तालिबानले पनि हमला गरेको थियो । हमलामा २१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com