काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका अल्टिमेटमसहितको पत्र काटेको छ ।
महानगरपालिकाले जिल्ला अदालत काठमाडौंको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।
महानगरको यो निर्णयसँगै प्रमुख बालेन्द्र शाह कानून कार्यान्वयनको बिषयमा कठोर कदम चाल्ने योजनासहित एक्शनमा उत्रिएको स्पष्ट भएको छ ।
‘हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं,’ महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भने ।
महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।
महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो । भवन विभाग प्रमुख श्रेष्ठले भने, ‘अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं । हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’







प्रतिक्रिया दिनुहोस्