ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने


एबीसी / संवाददाता

७ भदौ, काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो ।

नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ । चलचित्र “प्रेम गीत ३” भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको आशुसेन फिल्म प्रोडक्सनका प्रमूख तथा निर्माता निर्देशक सन्तोष सेनले बताउनुभयो ।

“एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो”, उहाँले भन्नुभयो । यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उहाँको विश्वास छ । यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवद्र्धन पनि हुनेछ ।

चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । नेपाली र हिन्दी भाषामा निर्माण गरिएको सो चलचित्रलाई भारतमा हिन्दी भाषामा र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्न लागिएको हो ।

चलचित्रमा गीत पनि हिन्दी भाषामा निर्माण गरिएका छन् । नेपाली चलचित्र उद्योगका लागि “प्रेम गीत ३” विदेशी बजारमा कोसेढुङ्गा सावित हुने चलचित्रका अभिनेता प्रदीप खड्काले बताउनुभयो ।

चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।

साङ्गीतिक प्रेम कथामा निर्माण भएको “प्रेम गीत ३” “प्रेम गीत” चलचित्रको निरन्तर सिरिज हो । आगामी असोज ७ गतेदेखि चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिने छ । सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक हनुहुन्छु ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com