ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप गिरिको निधनप्रति कांग्रेसको शोक प्रस्ताव, तीन दिन झण्डा आधा झुकाउने निर्णय


एबीसी / संवाददाता

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
बैठकले ५, ६ र ७ भदौ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले ६ भदौ सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, १३औं दिन १६ भदौसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ भदौसम्म केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकबारे जानकारी दिन मुख्यसचिव पौडलले जारीको विज्ञप्ति :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भाद्र ५, २०७९ मा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललिपुरमा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य श्री प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय

(१) समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य बहुआयामिक व्यक्तित्व श्री प्रदिप गिरीको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा २०७९ भाद्र ४ गते राति ९ः३० बजे भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ ।

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं. २००४ साल असोज २४ गते गोवर्धन पुजाका दिन सिरहा जिल्लाको वस्तिपुरमा जन्मनु भएका गिरी भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका, समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो ।

राजनैतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दूमा राख्नु हुन्थ्यो । नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनु भयो ।

नेपालमा राजनैतिक दलहरु प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहनु भयो ।

सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरुमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजन एवं समस्त पार्टी सदस्यहरुमा हार्दिक समवेदना प्रकट गर्दछ ।

(२) दिवंगत नेता प्रदीप गिरीप्रति उच्च सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

(३) नेपाली कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज भाद्र ५ गते बिहान ११ः३० देखि २ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरको प्राङ्गणमा राखिनेछ । तत्पश्चात पशुपति आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

(४) दिवंगत नेता श्री प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ-

(क) २०७९ भाद्र ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने ।

(ख) २०७९ भाद्र ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने ।

(ग) स्वर्गारोहणको १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।

(घ) स्वर्गारोहणको १३ औं दिन (भाद्र १६ गते) मा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने ।
जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com