ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ सेप्टेम्बरमा, आवेदन खुला


एबीसी / संवाददाता
श्रावण २३, २०७९ सोमबार  १० : ०४ बजे

थाइल्याण्डको बैंककमा हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड’को प्रतियोगी छनौटका लागि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ प्रतियोगिता घोषणा गरिएको छ । विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेतामात्र नेपालको तर्फबाट मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुन पाउनेछन् ।

मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि  आवेदन खुला गरिएको छ । प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले गर्ने प्रतियोगिताबाट छनौट भएका विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।

हेरिटेज प्यालेस भक्तपुरमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना [email protected] वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ । त्यसपछि आयोजकले पठाएको आवेदन फर्म भरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । मिस्टर मोडल अफ द वर्ल्डकै योग्यताको मापदण्ड अनुशार मिस्टर मोडल अफ द वर्ल्ड नेपालका लागि पनि योग्यताको मापदण्ड तोकिएको आयोजकले जानकारी दिएका छन् ।

१८ बर्षदेखि ३२ बर्षभित्रको नेपाली नागरिकले प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । विजेतालाई बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्ड  प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वर्ल्ड नेपालका आयोजकले नै बेहोर्नेछन् ।

यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । यस अगाडि २०१८ मा म्यानमारको यंगुन र २०१९ मा थाइल्याण्डको च्यांगमाईमा प्रतियोगिता भएको थियो भने नेपालका तर्फबाट २०१८ मा मोडल दिक्पाल कार्की र २०१९ मा मोडल मनोज गुरुङले प्रतियोगितामा भाग लिएका थिए । दिक्पाल कार्कीले मिस्टर मोडल अफ द वर्ल्डको उपाधी जितेका थिए । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएन ।

भक्तपुरको हेरिटेज प्यालेसमा भएको मिस्टर मोडल अफ द वर्ल्ड नेपाल घोषणा कार्यक्रममा टाइटल स्पोन्सरका लागि एन प्लस प्रोफेशनलकी ब्राण्ड एम्बेसडर विना श्रेष्ठ र मिस्टर मोडल अफ द वल्र्ड टिमबीच सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ । मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् ।

म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । आजको घोषणा कार्यक्रमको संचालन मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रिया रानी लामाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com