ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिहानको उपचारमा ग्राण्डी अस्पताल संवेदनशील नभएको उच्च अदालतको ठहर


एबीसी / संवाददाता

काठमाडौं । काठमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका नवजात छोरा रिहानलाई उपचार गर्दा लापरबाही गरेको भन्दै ३५ लाख तिराउने गरी उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

न्यायाधीश सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा ग्राण्डी अस्पतालले रिहानको उपचार गर्दा चरम लापरवाही गरेको भन्दै पीडितलाई ३५ लाख भराउन आदेश गरेको छ।
‘चिकित्सक होसियार नभई हेलचक्र्याइँपूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य लापरवाहीअन्तर्गत पर्दछ। चिकित्साशास्त्र अन्तर्गत चिकित्सकको गल्ती वा लापरवाही वा व्यवसायीक मापदण्ड अनुरूपको कर्तव्य पूरा गरेको भए नोक्सानी हुने अवस्था नै सिर्जना हुने थिएन,’ फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दाको सन्दर्भमा मिसिल संलग्न प्रमाण कागजहरूबाट बिरामीप्रति सो अस्पतालबाट विशेष ख्याल भएको भन्ने देखिन आएन। बच्चालाई त्यस अस्पतालबाट उपचार गर्दागर्दै पनि सो अवस्थामा उपचार गर्न नसकिने अवस्था भएमा अन्य अस्पताल रेफर गर्न सक्ने अवस्था देखिन्छ, तर अस्पतालबाट अन्यत्र पठाउने प्रयाससम्म पनि गरेको देखिँदैन। त्यस अस्पतालबाट पनि बच्चाको संवेदनशिलतामा खासै ख्याल पुर्‍याएको पनि पाइएन।’

नेपाल मेडिकल काउन्सिलले २०७६ मंसिरमा ग्राण्डी अस्पतालका निर्देशक, व्यवस्थापन प्रमुख, बाल विभागलाई सचेत गराएको साथै उपचारमा संलग्न डाक्टर दिपिका ढकाललाई दोषि देखाएपछि अस्पतालले निष्कासन गरेको थियो।

काउन्सिलले गरेका यी कारबाही सदर गर्दै उच्च अदालतले अस्पतालले पीडित परिवारलाई परेको आर्थिक मानसिक पीडाको केही राहतस्वरूप ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com