काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो ।फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।
त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो ।महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा लेखिए अनुसार बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ ।एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरुमा फोहोर थुप्रिएको छ । ती फोहोरले दुर्गन्ध फैलिएको छ । वर्षा पनि भइरहेकाले फोहोरबाट लिचेट बगेकाले त्यसले विभिन्न रोगको संक्रमणको पनि जोखिम बढाएको छ।








प्रतिक्रिया दिनुहोस्