ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको छः प्रधानमन्त्री


एबीसी / संवाददाता

काठमाडौं, ८ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभएको छ । आईतवार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले मुलुकले धान्न नसक्ने गरी बढीरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिष्पर्धामा सहयोग पु¥याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्नुभयो ।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरुहरुमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनु भयो । प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिनपनि आग्रह गर्नुभयो । उहाँले उद्योगी, व्यवसायीहरुले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको अत्युत्तम परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधाहरु, उपलब्ध गराउन सरकार सधैँ प्रतिवद्ध रहेको स्पष्ट पार्दै मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास बिना आर्थिक विकास र समृद्धि आउन नसक्ने दाबी गर्नुभयो । उहाँले निजी क्षेत्रको बलियो संलग्नता बिना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन नसकिने भन्दै यसलाई आत्मसाथ गरी निजी क्षेत्रलाई उचित वातावरणको लगानी गराउने, सरल र सहज रुपमा उद्यम, व्यापार सञ्चालन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधार गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य दुवै चाप परेको स्थिति छ । बढ्दो उपयोगसँगै मुलुकले धान्न नसक्ने गरी बढीरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेको उत्पादनमुलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्वमा बढ्दो बेरोजगारी आदीका कारण मुलुकको अर्थतन्त्रलाई थप सुदृढ गर्न हामी सबैले बुद्धिमतापूर्ण ढंगले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ । यसका लागि सरकार र निजी क्षेत्र दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यक्ता छ । अर्थतन्त्रको सुदृढीकरणको लागि उद्यमी व्यवसायीहरुले विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न र उपयोग बढाउनतिर मात्र नलागेर स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिष्पर्धामा सहयोग पु¥याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्दछु । कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउन तपाईहरुले आफ्ना पुँजी, प्रविधिहरुलाई त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ । साथै विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक छ ।

यस्तै विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरु जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढाउने, तथा पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, निकासीजन्य उद्योगहरुको बिस्तार गर्ने, निर्यात वृद्धिमार्फत व्यवसाय घाटालाई घटाउन, उपयुक्त वस्तु, विलासिताका वस्तु तथा सेवाको आयात उपयोगलाई निरुत्साहीत गर्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यमबाट आउने बनाइ प्रोत्साहित गर्ने लगायतका विविध कार्यक्रमहरुमा सरकारले तपाईहरुको सक्रिय सहयोगको अपेक्षा गरेको छ । उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिनपनि आग्रह गर्दछु । तत्कालीन लाभ लिने क्षेत्रमा भन्दापनि दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको अत्युत्तम परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने एवं बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र सरकारलाई मुलुकको विकासको लागि आवश्यक श्रोत, साधन र सहयोग पु¥याउने क्षेत्रमा लगानी बिस्तार गर्न आवश्यक छ । मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार छ । निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधाहरु, उपलब्ध गराउन सरकार सधैँ प्रतिवद्ध छ । मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास बिना आर्थिक विकास र समृद्धि आउन सक्दैन । निजी क्षेत्रको बलियो संलग्नता बिना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन सकिँदैन । यसलाई आत्मसाथ गरी निजी क्षेत्रलाई उचित वातावरणको लगानी गराउने वातावरण सिर्जना गरी सरल र सहज रुपमा उद्यम, व्यापार सञ्चालन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधार गर्दै आइरहेको छ ।’

प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताउनु भयो । उहाँले मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पु¥याउने लक्ष्य रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरुको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीहरुसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक गरिएको छ । यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पु¥याउने नीति छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरुको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रासामु छ । यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न रोजगारीका अवसरहरु सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु ।’

प्रधानमन्त्री देउवाले देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती रहेको भन्दै स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरी देशभित्र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसरहरु सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com