काठमाडौं, ७ साउन । नेकपा (माओवदी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ । शनिवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको हल्ला भएको बताउनुभएको हो । उहाँले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताउनु भयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पार्नुभयो । उहाँले तथ्यहीन र षड्यन्त्रमुलक प्रचारबाजीबाट सबै शतर्क हुन आवश्यक रहेको पनि बताउनु भयो । अध्यक्ष दाहालले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला ।’अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताउनुभयो । उहाँले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताउनु भयो । अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जसपा रुपमा फुटिसकेको अवस्था छ , यस अवस्थामा बाबुराम जी, माधवकुमार नेपाल जी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ, अगाडी भने औचापरिक रुपमा कुनै टुंगोमा पुगेको छैन छिट्टै यस विषयमा निर्णय हुनेछ ।’अध्यक्ष दाहालले वामपन्थी एकता लगायतको विषयमा गठबन्धन भित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको बताउनु भयो । दाहालले दिल्लीमा काग्रेस नेतृ आरजु देउवा र आफु बिचमा कुनैपनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे । उनले भने ‘केही षडयन्त्रकारीहरुले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेको बताउँदै यसमा कुनैपनि प्रकाराको सत्यता नरहेको दावी गरे ।








प्रतिक्रिया दिनुहोस्