काठमाडौँ, १ साउन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले प्राइमरी इलेक्सनको प्रस्ताव पेस गरेका हुन् ।उनले भने, १६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ ञप्राइमरी इलेक्सनझ गर्ने कि रु त्यसबारे छलफल प्रारम्भ गरौँ । यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरूभन्दा एक कदम अघि हुने र काँग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढङ्गले बढाउने उनको ठहर थियो ।








प्रतिक्रिया दिनुहोस्