ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछि हटे श्रीलङ्काली प्रदर्शनकारी


एबीसी / संवाददाता
असार ३०, २०७९ बिहीबार  ३ : ३९ बजे

काठमाडौं, ३० असार ।  राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन्। राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पुर्‍याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्।

राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर नगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपति बनाएर देशबाट बाहिरिएपछिको परिस्थितिमा समस्याको समाधान संसदबाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा आफूहरू पुगेको प्रदर्शनको नेतृत्व गरिरहेका देविन्द कोडागोडेले बताए। सभामुखले पनि समस्याको निकास संसदबाट खोज्ने प्रयास भइरहेको बताएका छन्।

वायुसेनाको विमानमा मालदिभ्स पुगेका गोटावाया साउदी एयरलाइन्स चढेर सिङ्गापुर हुँदै साउदी अरबको जेद्दातर्फ लागेका मालदिभ्स सरकारका एक अधिकारीले बताएका छन्। आक्रोशित प्रदर्शनकारीबाट संसद् भवनलाई जोगाउन त्यहाँ भारीमात्रामा सुरक्षाफौज परिचालन गरिएको छ। हातहतियारले सुसज्जित सैन्यटोली बख्तरबन्द गाडीका साथ संसद् भवन बाहिर तैनाथ भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com