ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति क्षेत्रमा साउन महिनाको तयारी


एबीसी / संवाददाता
असार २१, २०७९ मंगलबार  ३ : २७ बजे

काठमाण्डौं, २१ असार । विगत दुई वर्षका साउन महिनामा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ को साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन जम्मा भएर पशुपतिनाथको गजुर दर्शन गरेर फर्केका थिए । यो वर्ष अहिलेसम्म मन्दिर निरन्तर खुल्नुका साथै नित्य, विशेष पूजा चलिरहेको छ । कोरोनाको सङ्क्रमण दर पनि कमै रहेकाले पशुपतिनाथ मन्दिर खोल्ने गरी नै तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यसैले यो महिनामा धेरै भक्तजनले पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्ने चाहना गर्ने गरेका छन् । त्यसै अनुसार सुरक्षा, स्वयंसेवक परिचालनलगायत तयारी सुरु गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । साउन महिनामा पनि सोमबार पशुपतिनाथमा भक्तजनको धेरै भीड लाग्छ ।

साउन महिनामा पशुपतिनाथमा वाग्मती मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि भीड लाग्ने गर्छ । कोरोनाका कारण विगत दुई वर्ष बोल बम यात्रा पनि रोकिएको थियो । यसवर्ष भने बोल बम यात्रा पनि जारी गरिने कोषले जनाएको छ । साउन महिना, हरितालिका (तीज, बाला चतुर्दशी, महाशिवरात्रि जस्ता पर्वमा लाग्ने भक्तजनको भीडका बेला पशुपति क्षेत्रलाई स्वच्छ राख्ने सीप सिकाउन कोषका सफाइ कर्मचारीलाई केही दिनअघि १० दिने तालिमसमेत दिइएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com