काठमाडौं, १७ असार । काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो ।उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ ।
तर, नआत्तिन उहाँको आग्रह छ । हैजाबाट जोगिन खानपानमा ध्यान दिनु नै उत्तम उपाय हो ।त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उहाँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्नु भएको छ। यस्तै, खुला ठाउँमा दिसापिसाब नगर्न पनि डाक्टर अधिकारीको आग्रह छ। सरसफाइ र खानपानमा ध्यान लिए हैजाको रोकथाम गर्न सकिन्छ । यस्तै, हैजा थप फैलिन नदिन पानीका मुहान तथा स्रोतमा नै शुद्धीकरण गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्