ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ


एबीसी / संवाददाता

काठमाडौं १४ असार । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ ।धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ ।

मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गरेका थिए । पछि उनी तथ्य जाँच ९फ्याक्ट चेक० गर्दै आएको अल्ट न्यूजको सहसंस्थापक बनेर सक्रिय रहँदै आएका थिए ।हालै जुबेरले भाजपाकी नेतृ नुपुर शर्माले मुसलमान समुदायविरुद्ध बोलेको भिडियो क्लिप ट्वीट गरेका थिए । शर्माको अभिव्यक्तिको अभिव्यक्तिका कारण भारतमा हिंसात्मक प्रदर्शन भएको थियो भने विभिन्न मुस्लिम देशहरुले भाजपालाई माफी माग्न भनेको थियो । अन्ततः भाजपाले पार्टी प्रवक्तासमेत रहेकी शर्मालाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो ।

त्यसअघि सन् २०१७ मा जुबेरले यति नरसिंहानन्द सरस्वती, बजरंग मुनि र आनन्द स्वरुपलाई घृणा फैलाउनेवाला भनेर टिप्पणी गरेका थिए । उनको गिरफ्तारीको भारतका नेताहरुले विरोध गरेका छन् । कांग्रेस आईका नेता राहुल गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, समाजशास्त्री योगेन्द्र यादव लगायतले जुबैरलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com