ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार पाटा मुडियोस् भन्नेहरू कता छन् ? – झलनाथ खनाल


एबीसी / संवाददाता

काठमाडौ., १३ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अस्वीकार गरेर नेपालका पहाडमा अमेरिकी सेना परेड खेल्नबाट रोकिएको बताएका छन्।उनले एसपिपी लागू नगर्न सरकारले अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेकोमा नेताहरूलाई धन्यबाद पनि दिए।आज ललितपुरमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसिसी र एसपिपी अध्ययनका लागि माग गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नदिएको बताए।

‘एमसिसी पारित नगरौं भनेको पारित गरे। हाम्रा कयौं नेताको हालत सुतुरमुर्गको जस्तो देखियो,’ उनले भने, ‘माफ पाउँ है कसैलाई अप्ठ्यारो पर्‍यो भने। म आफ्ना कुरा प्रष्ट राख्दछु। एमसिसीसँगै त्यही बेलामा एसपिपी आएको थियो।’यही प्रसंगमा खनालले नेपालमा सेना आए चार पाटा मुडियोस् भन्नेहरू कता छन् भनेर प्रश्न गरेका थिए।

एमसिसी संसदमा छलफल हुँदा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसिसी पारित गर्दा नेपालमा अमेरिकी सेना आए आफूलाई चारपाटा मुडेर थानकोट कटाइयोस् भनेका थिए।थापाको नाम नलिई थापाकै उक्त भनाइप्रति लक्षित गर्दै खनालले भने, ‘कतिपयले मलाई चारपाटा मुडेर काठमाडौं बाहिर निकाल्नु अमेरिकी सेना आयो भने भनेका थिए। आज ती चारपाटा मुडियोस् भन्नेहरू कहाँ छन्। यसबारे मैले संसदमा सोध्न बाँकी नै छ। एसपिपी लगायत डकुमेन्टले अमेरिकी सेना आउने देखियो कि देखिएन ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com