काठमाडौं, १३ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे ।
‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाज आउँछ रु’ उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’
नेता पौडेलले नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए । ‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्