ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले भन्यो नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय


एबीसी / संवाददाता

काठमाडौं, १० असार ।अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ ।चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् ।

‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ प्रवक्ता वेनबीनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सँधै समर्थन गर्नेछ । साथै क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्नसमेत तत्पर छ ।’पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालले एसपीपी अस्वीकार गरेको विषयमा प्रश्न गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘एसपीपीको विषयमा नेपाल भएको विवादका विषय जानकारीमा रहेको’ बताएका थिए ।

‘विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना तथा आम नागरिकले एसपीपी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजीसँग जोडिएको र यो नेपालले लामो समयदेखि अंगिकार गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरित हुने रूपमा बझेका छन् । त्यसैले नेपाल सरकारको मन्त्रिपरिषदले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको छ ।’नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरेयता चीन लामो समयदेखि नेपालको विषयमा मौन रहँदै आएको थियो । एमसीसी अनुमोदनका विषयमा यहाँ बहस सुरु भएपछि चीनले अमेरिकाले सदनबाट पारित गर्न दबाव दिइरहेको भन्दै त्यसको विरोध समेत गरेको थियो । त्यसपछि मौन रहँदै आएको चीनका रक्षामन्त्रीले हेकी हप्ताअघि मात्रै अमेरिकाले इन्डो प्यासिफिकमार्फत चीनलाई घेर्ने रणनीति बनाइरहेको र त्यसले तनाव सिर्जना भइरहेको टिप्पणी गरेका थिए । उनले उक्त अभिव्यक्ति दिएकै समयमा नेपालमा एसपीपी सम्बन्धी विषय चर्चामा थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com