ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वकिलसँग घुस बार्गेनिङ: न्यायाधीश कोइरालाको जिम्मेवारी खोसियो


एबीसी / संवाददाता
असार ८, २०७९ बुधबार  ६ : ५९ बजे

काडमाडौं, ८ असार । साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न वकिलसँग घुस बार्गेनिङ गरेर विवादमा परेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी खोसिएको छ।न्यायपरिषदको बुधबार बसेको बैठकले यो प्रकरणमा जाँचबुझ आयोग बनाएसँगै न्यायाधीश कोइरालाको जिम्मेवारी खोसिएको हो।बैठकले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाउँदै ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।यो प्रकरणमा छानबिन समितिले प्रतिवेदन नबुझाउन्जेललाई न्यायाधीश कोइरालाले मुद्दा हेर्न पाउने छैनन्।

निर्णयमा ठ्याक्कै निलम्बन भनेर लेखिएको छैन। तर उहाँ (न्यायाधीश कोइराला) ले प्रतिवेदन नआउन्जेल मुद्दा हेर्न बेन्चमा जान पाउनु हुने छैन। छानबिन प्रतिवेदन नआउन्जेलसम्म उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ – स्रोतले भन्यो। इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले कोइरालासँग घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि विवाद बढेको थियो। उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए। अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ मन्त्रीहरूको शपथ आजै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

सम्बन्धित

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

नयाँ मन्त्रीहरूको शपथ आजै

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com