भैरहवा, ३ असार । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा झरेको बताए ।
‘लङ रूट भएपछि हेलिकप्टर भैरहवा अवतरण गरी रिफ्युल गरिएको हो । उहाँ एयरपोर्टमै १५–२० मिनेट बस्नुभएको थियो,’ एसपी रेग्मीले भने । देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए । देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढीतिर लागेका हुन् ।एयरपोर्टमा रूपन्देहीका कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्