ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम कार्यदलको बैठक बस्दै, ५६ सिटमा ७०\३० प्रतिशतको अनुपातमा बाँडफाँड हुने


एबीसी न्यूज
माघ ३, २०७४ बुधबार   १० : ५९   बजे

काठमाडौं ३ माघ, । नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभाका ५६ सिटमा ७०\३० प्रतिशतको अनुपातमा बाँडफाँड हुने भएको छ । आज बस्ने वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले सिट बाँडफाँड गर्ने भएको छ । अघिल्लो बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मत सहितको तथ्याङ्क माओवादी नेताहरुलाई समेत दिएको थियो । बैठकमा माओवादी नेता रामवहादुर थापा बादलले प्रत्येक प्रदेशमा रहेका सम्बन्धित पार्टीको मतसंख्याका आधारमा सिट बाँडफाँट हुने बताएका थिए ।

स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको स्रोतले जानकारी दिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्दैछ ।

कार्यदलका एक सदस्यका अनुसार वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना जानकारी दिए । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने भएको छ । त्यसो गर्दा प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।

आजको बैठकमा माओवादीलाई कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने तयारी सहित आउन भनिएको कार्यदलका एक सदस्यले जानकारी दिए । उनले बाँडफाँड ७०÷३० कै हाराहारीमा हुने आधार मतसंख्याले देखाएको स्रोतको दावी छ।

बहुमतीयबाट जित्ने दलित र अल्पसंख्यकरअपांग कोटा दुवै दलले मिलाएर बाँडफाँड गर्नेछन् । त्यसो गर्दा सम्बन्धित पार्टीका नेताहरुको व्यवस्थापनलाई पनि आधार बनाइएको छ । त्यस्तै एकल संक्रमणीयबाट जित्ने ३ महिला र ३ खुला सदस्यमा प्राथमिकता क्रमका आधारमा बाँडफाँड हुनेछ ।

कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा पेश गरिनेछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड हुने पाण्डेले बताए ।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group