ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामावली संकलनमा सहयोग गर्न आयोगको निर्वाचन आग्रह


admin
असार २८, २०७४ बुधबार   ६ : ४७   बजे

काठमाडोैं २८ असार ।
राजनीतिक दलहरुले मतदाता नामावली संकलनको काम जिल्ला सदरमुकामहरुमा गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगस“ग आग्रह गरेका छन । .
राजनीतिक दलहरुले मतदाता नामावली संकलन गर्ने साउन १ गतेदेखि १५ गतेसम्मको समयसीमा पनि उपयुक्त नभएको बताएका छन् । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा मतदाता नामावली संकलन गर्ने र १६ गतदेखि २० गतेसम्म अध्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले बुधबार कान्तिपथस्थित आफ्नै कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउनु भयो । उहाले जिल्ला सदरमुकाममै मतदाता नामावली संकलन गर्ने काम खर्चिलो पनि हुने भएकाले यसमा पुनर्विचार गर्न पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो ।
संघीय समाजवादी फोरम, नेपालका नेता डाक्टर शिजवी यादवले मतदाता नामावली संकलनको काममा निर्वाचन आयोग संकीर्ण देखिएको टिप्पणी गर्नु भयो । उहा“ले स्थानीय तहलाई परिचालन गरेर गाउ“गाउ“बाटै मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गर्न निर्वाचन आयोग उदार र लचिलो हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले जनतालाई सजाय दिन काम गर्न नहुने बताउनु भयो । उहा“ले फोटो खिचेका मतदाताहरुको नामावली छुटाउने काम भएको उल्लेख गर्दै अब त्यसो हुन नदिन निर्वाचन आयोग सचेत हुनुपर्ने बताउनुभयो ।
निर्वाचन आयोगले देशभरका सबै जिल्ला सदरमुकामका जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवली संकलन गर्ने निर्णय गरेको छ । कार्यक्रममा बोल्दै निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले मतदाता नामावली संकलनका लागि सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभामा १८ वर्ष उमेर पुगेका सबै नागरिकहरुले मतदानमा भाग लिने अधिकार सुनिश्चित गराउन मतदाता नामावली संकलनको काम सुरु गरिएको स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता भने हुनै पर्ने पनि व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group