ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीमा रिपोर्टिङ : एमालेभित्रको केपी ओली विरोधी समूहरुसँग किन नजाने ? जानुपर्छ


एबीसी / संवाददाता
जेष्ठ ३१, २०७९ मंगलबार  १० : ४५ बजे

काठमाडौं, ३१ जेठ । स्थानीय चुनावको समीक्षा गर्न बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा नेपाली कांग्रेसले दम्भ र माओवादी केन्द्रले अहंकार देखाएको रिपोर्टिङ भएको छ ।मंगलबारदेखि सुरु भएको स्थानीय कमिटीको बैठकमा ७ वटै प्रदेशबाट रिपोर्टिङ भएको थियो । ‘जुन ढंगले गठबन्धन हुनुपर्ने हो, त्यसरी कार्यान्वयन भएन’, बैठकमा भएको रिपोर्टिङबारे जानकारी गराउँदै नेता बलाराम बास्कोटाले भने, ‘कांग्रेसले दम्भ देखायो, माओवादीले अहंकार देखायो ।’

प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेशबाट रामचन्द्र यादव, वागमतीबाट सावित्रा भुसाल, गण्डकीबाट केशवलाल श्रेष्ठ, लुम्बिनीबाट भागवत विश्वासी, कर्णालीबाट प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशबाट गरिमा शाहले रिपोर्टिङ गरेका थिए ।
कांग्रेसको दम्भ र माओवादीको अहंकारकै कारण परिणाम सोचेजस्तो नआएको नेताहरुको निष्कर्ष छ । अध्यक्ष माधव नेपालले पेस गरेको प्रतिवेदनमा समेत ‘गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको’ उल्लेख गरिएको छ ।एकीकृत समाजवादीले एक महानगरपालिका प्रमुख, एक उपमहानगर प्रमुख, १० नगर प्रमुख, ८ गाउँपालिका प्रमुख जितेको छ । ११ नगर उपप्रमुख, १२ गाउँपालिका उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित सदस्य र ३९० खुला सदस्य गरी ९८७ स्थानीय जनप्रतिनिधि जितेको छ ।

महानगर र उपमहानगर प्रमुखका साथै ५र५ नगर र गाउँपालिका प्रमुख, ६ नगर उपप्रमुख, ११ गाउँपालिका उप्रमुख गठबन्धनबाट जितेको भन्दै अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भन्नुभएको छ , बाँकी हामीले एक्लै जितेका हौं । वडाध्यक्ष र सदस्यहरु त लगभग सबै नै हामीले एक्लै जितेका हौं ।’

प्रदेशगत रुपमा रिपोर्टिङ गर्ने केही नेताहरुले एकीकृत समाजवादीलाई एमालेविरुद्ध उभ्याएर आफूले फाइदा लिने काम कांग्रेस र माओवादीले गरेको बताएका छन् । एमालेकै केपी ओली समूहसँग मिल्नुपर्ने सुझाव दिएका थिए । ‘एमालेविरुद्ध एकीकृत समाजवादीलाई उभ्याउने र त्यसको फाइदा आफूहरुले लिन कांग्रेस–माओवादी सफल भए,’ स्थायी समिति सदस्य श्रीप्रसाद साहले बैठकमा आएको सुझावबारे भन्नुभयो , ‘यसरी बेइमानी हुन्छ भने गठबन्धनमा रहने कि नरहने भन्ने कुरामा पुनर्विचार गर्नुपर्छ भन्ने मत पनि आएको छ ।’ उाँहले अगाडि भन्, ‘जसरी कांग्रेस र माओवादीले विभिन्न ठाउँमा एमालेसँग सहकार्य गरे, हामी पनि एमालेभित्रको केपी ओली विरोधी समूहरुसँग किन नजाने ? जानुपर्छ । त्यतातिर पनि हामी सोच्ने कि भन्ने सुझाव पनि आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com