ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घनश्याम भूसालमाथि कारबाहीको सिफारिस अनुमोदन


एबीसी / संवाददाता
जेष्ठ ३१, २०७९ मंगलबार  ९ : ३९ बजे

काठमाडौं, ३१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।

मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । ‘पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिनुभयो । त्यो कारबाही योग्य छ भन्ने सचिवालयको निर्णयलाई अनुमोदन गरिएको छ’, आयोगका एक सचिवालय सदस्यले भने ।१८ जेठमा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेका थिए । तर आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेन ।सचिवालय बैठक सकिएको भोलिपल्ट, मंगलबार बसेको आयोगको पूर्ण बैठकले भने भूसाललाई कारबाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।

‘आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्छ । हामीले सिफारिस गर्ने हो, टेलिभिजनको त्यो अन्तर्वार्ता कारबाही योग्य छ’, आयोगका ती सचिवालय सदस्यले भने ।भूसालले हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए ।आयोगको बैठकले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई विधान बमोजिम कारबाही गर्न समेत सिफारिस गरेको छ । तर ठाउँ र व्यक्ति भने तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com