ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बोलाउने निर्णय कार्यान्वयन नहुँदा अध्यक्ष नेपालको क्षमतामै प्रश्न चिन्ह


एबीसी / संवाददाता

काठमाडौँ, २९ जेठ । एमाले अध्यक्ष केपी ओलीको दुर्वाच्य सहन नसकेर एकीकृत समाजवादी पार्टी खोल्नुभएका त्यस पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै चेलाचपेटाबाट अपमानित हुन थाल्नुभएको छ । जब एउटा अभिभावक आफ्नै घरभित्रै हेपिन थाल्छ, घरबाहिर उसलाई टेर्नुपर्ने बाध्यता घट्दै जान्छ । डेढ दशक एमालेको महासचिव भएर एकछत्र राज गरेका पूर्वप्रधानमन्त्री नेपालका हकमा अहिले त्यही भइरहेको छ । पार्टी सचिवालयको बैठकले गरेको निर्णय यति चाँडै रद्दीको टोकरीमा जाला भनेर नेपालले शायदै कल्पना गर्नुभएको थियो । मन्त्री फेर्ने प्रस्तावको प्रतिरक्षामा त्यस पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्ति झन् सुन्नलायक थियो ।

सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाउने र त्यस ठाउँमा अरुलाई पठाउने एकीकृत समाजवादी पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साक्षी राखेर उल्टाइयो । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले चार मन्त्री फिर्ता बोलाउने र एक राज्यमन्त्रीलाई बढुवा गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्रीका लागि मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र शेरबहादुर कुँवरको नाम पठाइएको थियो । स्वयं नेपालले नै नाम देउवालाई बुझाउनु भएको थियो । मन्त्रीका लागि सिफारिस नेताहरुले बधाई खाइसकेका थिए । तर नेपाललाई पार्टी फुटाउन उक्साउने एकाध मन्त्रीको चलखेलले पार्टी निर्णय खोटो मोहोरजस्तै बन्यो । उधारो आश्वासन र थमौती पाएका दुवैको विश्वास नेपालले गुमाउनु भएको छ ।

यस प्रकरणले नेपालको राजनीतिक अभिभावकत्वमा प्रश्नचिह्न लागेको छ । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेका मन्त्रीहरु अब पार्टी र अध्यक्ष नेपालप्रति होइन, देउवा र दाहालप्रति वफादार भएका छन् । किनभने उनीहरूले आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगरिदिन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग आग्रह गरेका थिए । अझ शीघ्र चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई उक्साएर पार्टी निर्णय सेलाउने प्रयासमा लागे । मन्त्री फेर्ने प्रकरणमा नेकपा एसको निर्णय र माधव नेपालको सिफारिस अलपत्र पर्नुको अर्थ हो गठबन्धनमा अब माधव नेपालको उपयोगिता सकिनु । कांग्रेसले अपेक्षा गरेअनुसार एमालेलाई हराउन एकीकृत समाजवादी असमर्थ भयो । बरु धेरै ठाउँमा नेकपा एसका नेताहरु एमालेको पक्षमा खुलेर लागे ।

समाजवादीका धेरै नेताहरु सूर्य चिह्नबाट चुनाव लड्नकै लागि भए अब संघीय संसदको चुनावसम्म एमाले प्रवेश गर्ने लहर चल्ने अनुमान गर्न थालिएको छ । यसकारण पनि नेपालको शक्ति क्षीण बन्दै गएको बुझ्न कठिन छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com