ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बोलाउने निर्णय कार्यान्वयन नहुँदा अध्यक्ष नेपालको क्षमतामै प्रश्न चिन्ह


एबीसी / संवाददाता
जेष्ठ २९, २०७९ आईतबार  ६ : २७ बजे

काठमाडौँ, २९ जेठ । एमाले अध्यक्ष केपी ओलीको दुर्वाच्य सहन नसकेर एकीकृत समाजवादी पार्टी खोल्नुभएका त्यस पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै चेलाचपेटाबाट अपमानित हुन थाल्नुभएको छ । जब एउटा अभिभावक आफ्नै घरभित्रै हेपिन थाल्छ, घरबाहिर उसलाई टेर्नुपर्ने बाध्यता घट्दै जान्छ । डेढ दशक एमालेको महासचिव भएर एकछत्र राज गरेका पूर्वप्रधानमन्त्री नेपालका हकमा अहिले त्यही भइरहेको छ । पार्टी सचिवालयको बैठकले गरेको निर्णय यति चाँडै रद्दीको टोकरीमा जाला भनेर नेपालले शायदै कल्पना गर्नुभएको थियो । मन्त्री फेर्ने प्रस्तावको प्रतिरक्षामा त्यस पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्ति झन् सुन्नलायक थियो ।

सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाउने र त्यस ठाउँमा अरुलाई पठाउने एकीकृत समाजवादी पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साक्षी राखेर उल्टाइयो । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले चार मन्त्री फिर्ता बोलाउने र एक राज्यमन्त्रीलाई बढुवा गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्रीका लागि मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र शेरबहादुर कुँवरको नाम पठाइएको थियो । स्वयं नेपालले नै नाम देउवालाई बुझाउनु भएको थियो । मन्त्रीका लागि सिफारिस नेताहरुले बधाई खाइसकेका थिए । तर नेपाललाई पार्टी फुटाउन उक्साउने एकाध मन्त्रीको चलखेलले पार्टी निर्णय खोटो मोहोरजस्तै बन्यो । उधारो आश्वासन र थमौती पाएका दुवैको विश्वास नेपालले गुमाउनु भएको छ ।

यस प्रकरणले नेपालको राजनीतिक अभिभावकत्वमा प्रश्नचिह्न लागेको छ । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेका मन्त्रीहरु अब पार्टी र अध्यक्ष नेपालप्रति होइन, देउवा र दाहालप्रति वफादार भएका छन् । किनभने उनीहरूले आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगरिदिन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग आग्रह गरेका थिए । अझ शीघ्र चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई उक्साएर पार्टी निर्णय सेलाउने प्रयासमा लागे । मन्त्री फेर्ने प्रकरणमा नेकपा एसको निर्णय र माधव नेपालको सिफारिस अलपत्र पर्नुको अर्थ हो गठबन्धनमा अब माधव नेपालको उपयोगिता सकिनु । कांग्रेसले अपेक्षा गरेअनुसार एमालेलाई हराउन एकीकृत समाजवादी असमर्थ भयो । बरु धेरै ठाउँमा नेकपा एसका नेताहरु एमालेको पक्षमा खुलेर लागे ।

समाजवादीका धेरै नेताहरु सूर्य चिह्नबाट चुनाव लड्नकै लागि भए अब संघीय संसदको चुनावसम्म एमाले प्रवेश गर्ने लहर चल्ने अनुमान गर्न थालिएको छ । यसकारण पनि नेपालको शक्ति क्षीण बन्दै गएको बुझ्न कठिन छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com