ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिसस निर्वाचन : रसुवा र भक्तपुरमा गोलाप्रथाद्वारा एमाले, भोजपुरमा गठबन्धन विजयी


एबीसी / संवाददाता

काठमाडौं, २९ जेठ । स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा एमालेका अशोककुमार घिमिरे तथा विजय लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरुङ, खिलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका छन् । पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिणाम बराबर आएकाले गोलाप्रथाबाट अन्तिम परिणाम घोषणा गरिएको थियो । स्थानीय तहका सबै पदको निर्वाचन कार्य शनिबारदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

यस्तै, जिसस भक्तपुरको प्रमुखमा एमालेका ईश्वर थापा विजयी भएका छन् । जिससको शनिबार सम्पन्न निर्वाचनमा कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छन् । उनले गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकी हुन् । त्यस्तै सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने कांग्रेसका विनु केसी पनि निर्वाचित भइन् ।

जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर तीन–तीन मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो । चारवटा स्थानीय तह रहेको भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि आठ मत रहेको छ । जसमध्ये एमालेको तीन, कांग्रेसको दुई, माओवादी केन्द्रको एक र नेपाल मजदुर किसान पार्टीको दुई मत छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।जिसस भोजपुरमा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा माओवादीका अनिशा खड्का विजयी बनेका हुन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् । कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् भने रूख चिह्नबाट निर्वाचन लडेकी एकीकृत समाजवादीबाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com