ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालकहरु टुङ्गोमा पुग्न नसक्दा विमानस्थलकै भविष्य अन्योलमा


एबीसी / संवाददाता

काठमाडौँ, २८ जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्ने विषयमा अधिकांश वायुसेवा सञ्चालकहरू अझै टुङ्गोमा पुग्न नसक्दा विमानस्थलकै भविष्य अन्योलमा परेको छ । सञ्चालनमा आएको महिनादिन बित्न लाग्दासमेत कुवेतको जजीरा एअरवेजबाहेक अन्य कम्पनीले उडानमा चासो देखाएका छैनन् । जजीराले एक सातामा तीनवटा उडान भर्दै आएको छ ।

जजीराले सातै दिन विमान उडाउने योजना पनि बनाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर त्यसबाहेक अन्य वायुसेवा सञ्चालकहरू भने अझै पर्ख र हेर कै रणनीतिमा छन् । अधिकारीहरूका अनुसार भैरहवास्थित विमानस्थलबाट सेवा सुरु गर्न वायुसेवा सञ्चालकहरू इच्छुक रहे पनि त्यसबारे सम्झौता हुन सकेको छैन । जजीराबाहेक एअर अरेबियाले जुन १५ तारिख आसपास उडान सुरु गर्ने योजना बनाएको जनाएको थियो । तर, औपचारिक रूपमा उसले उडान सञ्चालनको प्रक्रिया अघि बढाइसकेको छैन । फ्लाइ दुबई र सलाम एअरले पनि उडानका लागि चासो व्यक्त गरेको भए पनि प्रारम्भिक छलफल धेरै अघि बढ्न सकेको छैन । नेपाल वायुसेवा निगमले समेत भैरहवाबाट उडान थाल्ने विषयमा ठोस पहल सुरु गरेको छैन ।

नयाँ विमानस्थलमा कम्पनीहरूलाई आकर्षण गर्नका लागि सरकारले विभिन्न छुटको समेत व्यवस्था गरेको छ । तर, त्यसले पनि सेवा प्रदायकहरूलाई औपचारिक प्रक्रिया अघि बढाउनका लागि प्रेरित भने गर्न सकेको छैन । जजीरा एअरलाइन्सबाट भैरहवा-कुवेत उडानमा पछिल्ला केही दिनमा औसतमा १ सय ५० यात्रु र कुवेत-भैरहवा उडानमा १ सय १५ को हाराहारीमा यात्रु रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । जजीराले समेत उडानमा घाटा बेहोरिरहेको भन्दै ग्राउन्ड ह्यान्ड्लिङमार्फत् नेपाल वायुसेवा निगमले उठाउँदै आएको शुल्कमा छुटको आवश्यकता औंल्याएको छ । वायुसेवा सञ्चालकहरूले भैरहवास्थित नयाँ विमानस्थलमा धेरै चासो नदेखाउनुको एउटा कारण काठमाण्डाैँबाटै सहज रूपमा यात्रु पाउनु पनि रहेको अधिकारीहरू बताउँछन् ।

त्यसबाहेक नयाँ गन्तव्यबाट उडान थाल्न थुप्रै प्राविधिक पक्ष पनि छिचोल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com