ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसर्थ, यस बर्ष मैले धान खेती परित्याग गरें


एबीसी / संवाददाता
जेष्ठ १९, २०७९ बिहीबार  ७ : ३९ बजे

जयप्रकाश गुप्ता / अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिएँ। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिए, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन्। यसले गर्दा पछि पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान्। तर, म मेरो तत्कालको समस्यामा केन्द्रीत रहेर तलका केही पंक्तिहरू लेखेको हुँ।

मेरा कुराहरू मोरंग जिल्लाको कटहरी गापासंग सम्वद्ध छन्। यसमा उल्लेखित दरभाऊ यहीको कृषि र श्रम बजारसंग सम्बन्धित हो। अर्को कुरा, म धेरै जग्गा राखेको किसान होईन, यहाँ मेरो परिवारको ६/७ बिघा जग्गा छ। तर परिवारको कुनै पनि सदस्य खेतिमा शारिरीक श्रम गर्ने स्थिति छैन। कामचोर नभन्नु होला, यी पंक्ति पढनेहरू मध्ये धेरैको अवस्था मै जस्तो होला।

अब मूल कुरामा जाऊँ। म यहाँ एक बिघा धान खेती गर्दा गराउँदा लाग्ने बास्तविक खर्च र आम्दानीको यथार्थ बिवरण दिदैछु। यदि यसमा केही फरक लागेमा अवश्य लेख्नु हुनेछ।

एक बिघा धान खेतीको खर्च

१. बिऊ ४० केजी प्रति केजी रू. ८०/- = ३२००/-

२. कदवा (जग्गा हिल्याउने) प्रति चास(एक पटक) को प्रति बिघा रू. ४०००/- को दरबाट तीन चासको रू.१२०००/-

३. कोदरवाह(खेतको कुना काप्चा, खाल्डो, गारो-आली आदि मिलाउने) प्रति बिघाको रू. ४०००/-

४. रोपनी, धानको बेर्ना रोप्ने ३५ जना जन/प्रति जन रू. ४००/- को दरले रू. १४०००/-

५. मलः युरिया १ प्याकेट रू. १८००/-

डिएपी १ प्याकेट रू. ३५००/-

जिंक १ बाल्टी रू. १०००/-

घाँस मार्ने औषधी १ लि. रू. ८००/-

यसको लागि चाहिने १ जनको रू. ४००/-

६. कमौनी(गोडमेल) प्रति कठ्ठा १ जनको रू. ४००/- को दरले रू. ८०००/- यसरी धान रोपाईमा कूल खर्च प्रति बिघाको रू. ४८,७००/- हुन जान्छ।

बाली बिक्रीका लागि तयार गर्नु अघि केही अरू खर्च हुन्छ। जस्तोः छोपनी कटानी बापत प्रति मनमा ६ केजी धान नै दिनु पर्दछ। र, थ्रेसरले दाइ गरे बापत प्रति मन २ केजी लिन्छ। यसरी प्रति मनमा ८ केजी धान गयो। मेरो लागि त एक मन भनेको ४० केजीको न भई ३२ केजीको मात्र भयो।

अब उब्जनीको कुरा गरौं। मैले मेरो ठाममा अधिकतम उब्जनी ८० देखि ९० मन प्रति बिघा मानेको छु। यो सीमान्त अधिकतम उब्जनी हो। तर, व्यवहारिक रूपमा यथार्थ उब्जनी भने ८५ मन मानेको छु। यस भन्दा बढी उब्जा यस तरिकाको धान खेतीबाट संभव हुदैन। माथी मैले उल्लेख गरेको छोपनी कटानी र थ्रेसर बापत १७ मन धान नै गयो। अब ८५ मनमा यो १७ मन घटन जादाँ म संग रहने ६८ मन धान हो। यो नै मेरो कूल उब्जनी हो।

गत बर्ष सरकारले धान खरीदको प्रति मन मूल्य १२००/- तोकेको हो। तर खरीद गर्दैन। बजारको गोलाले प्रति मन रू. ११००/को दरले धान खरीद गर्छ।अधिकतम ६८ मनको रू. ७४,८००/- हुन आउँछ। यदि किसानले यो मूल्य पायो भने आफुलाई भाग्यमानी ठाने हुन्छ।

रू. ७४,८००/- रकम धान बिक्री बापत आम्दानीको रूपमा मेरो हात पर्छ। अब यसमा रोपनी, मल, खाद आदि माथी उल्लेख गरिएको खर्च रू. ४८,७००/- घटाउँदा रू. २६,१००/- रकम बर्ष दिनमा एक धान बाली बापत मलाई बचत हुन्छ। अर्थात मैले ४ महिनासम्म लगातार रगडधस गर्दाको अन्तिम आम्दानी रू. २६,१००/- देखियो। यसमा मेरो पुरै ४ महिना खर्च हुन जान्छ।

देशको संघीय संसदमा बजेट बारे छलफल चल्दैछ। उफ्रेर बोल, कराएर बोल, रोष्टममा मुर्की बजारेर बोल-जसरी बोले पनि, जस्तो लक्ष्य निर्धारण गरे पनि म जस्ताले धान खेती गर्दा बर्षको १ बालीको आमद हो रू. २६,१००/-

यसर्थ, यस बर्ष मैले धान खेती परित्याग गरें।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com