ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाली मन्त्रिमण्डलमा आधा महिला : अस्ट्रेलियाली इतिहासमै सबैभन्दा बढी


एबीसी / संवाददाता
जेष्ठ १८, २०७९ बुधबार  ९ : २५ बजे

काठमाडौं, १८ जेठ ।  अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नयाँ मन्त्रिमण्डल गठन गरेका छन् । अल्बानिजीले मंगलबार घोषणा गरेको २३ सदस्यीय मन्त्रिमण्डलमा १० जना महिला छन् । एक सातअघि प्रधानमन्त्री बनेका अल्बानिजीले त्यतिबेला ५ मन्त्रीलाई मुख्य मन्त्रालयको जिम्मा दिएका थिए ।

अस्ट्रेलियामा १० दिनअघि सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार आफ्नो दल लेबर बहुमत सिटमा विजयी भएपछि अल्बानिजीले पूर्ण मन्त्रिमण्डल गठन गरेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार १ सय ५१ सदस्यीय तल्लो सदनमा लेबर ७७ सिटमा विजयी भएको छ । अस्ट्रेलियामा बहुमतको सरकार गठनका लागि ७६ सिट आवश्यक पर्छ ।अल्बानिजीले सार्वजनिक गरेको मन्त्रिमण्डलमा नयाँ अनुहारलाई पनि प्राथमिकता दिइएको छ । जसमा आप्रवासी मन्त्रालयको जिम्मा पहिलोपटक आप्रवासी महिलालाई नै दिइएको छ । त्यस्तै, मुस्लिम मूलकी महिला नेतृले पनि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

यसपहिले नै पार्टीका उपनेता रिचार्ड मार्ल्स उपप्रधान तथा रक्षामन्त्री बनेका छन् । त्यस्तै, पेनी योङ विदेशमन्त्री, केटी गालाघर अर्थमन्त्री र जिम चाल्मर ट्रेजररको शपथ लिइसकेका छन् ।मंगलबार सार्वजनिक गरिएका मन्त्रीको सूचीमा पूर्व पार्टी नेता बिल सर्टनदेखि आप्रवासी नेतृ लिन्डा बर्नीसमेत समेटिएका छन् । २३ सदस्यीय क्याबिनेट मन्त्रीसँगै १२ जनालाई सहायक मन्त्रालयको जिम्मा दिइएको छ । पूर्व पार्टी नेता सर्टनले सरकारी सेवा तथा अपांगता भएका नागरिकलाई सहायता पुर्‍याउने एनडीआईएस मन्त्रालयको जिम्मा पाएका छन् । क्लेयर ओनिलले गृह मन्त्रालयको जिम्मा पाएकी छन् ।

मार्क ड्रफुस महान्यायाधिवक्ता तथा जेसन क्लेयर शिक्षामन्त्री बनेका छन् ।प्रधानमन्त्री अल्बानिजीले मंगलबार घोषित मन्त्रिमण्डलमा सबैलाई समेटेको बताएका छन् । उनले १० महिलाले पहिलोपटक अस्ट्रेलियाको सरकारमा एकैपटक सहभागिता जनाएको बताए । लेबरले निर्वाचनताका वाचा गरेअनुसार राष्ट्रिय भ्रष्टाचार निवारण आयोगलाई यसै वर्षको अन्त्यसम्ममा कानुनी आधार दिइने बताएको छ । प्रधानमन्त्री अल्बानिजीले स्वास्थ्य क्षेत्र, जलवायु प्रदूषण, रोजगार, सहज जीवनयापनलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने जनाएका छन् । प्रधानमन्त्री अल्बानिजीले निर्वाचनताका गरेका वाचा पूरा गर्ने तथा नागरिकको हकहितका लागि लागिपर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । घोषित सबै मन्त्रीले बुधबार शपथ लिने कार्यक्रम रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अस्ट्रेलियामा मे २१ मा सम्पन्न निर्वाचनमा सत्तारूढ दल लेबरले करिब एक दशक सत्तामा रहेको लिबरल गठबन्धनलाई हराएर बहुमतको सरकार निर्माण गरेको हो । केभिन रडको पालामा सरकारमा सहभागी भएदेखि लेबर ३ कार्यकाल सत्ताबाहिर थियो ।

अस्ट्रेलियाको विपक्षी दल लिबरलको नेतामा पिटर डट्टन चुनिएका छन् । हालै सम्पन्न निर्वाचनमा लेबरसँग हार बेहोरेपछि लिबरल नेता तथा पूर्वप्रधानमन्त्री स्कट मरिसनले राजीनामा दिएका थिए । लिबरल पार्टीको आन्तरिक बैठकबाट डट्टन सोमबार सर्वसम्मत रूपमा पार्टी नेता छानिएका हुन् । सन् २००१ देखि नै संसद्मा प्रवेश गरेका डट्टनले स्वास्थ्य, अध्यागमन, रक्षा, गृहलगायतका प्रमुख मन्त्रालयको जिम्मेवारी निभाइसकेका छन् । ४ वर्षअघि पार्टी नेता चयनको प्रक्रियामा उनी मरिसनसँग पराजित भएका थिए । यसअघि जलवायु परिवर्तनका मुद्दाहरूको विपक्षमा रहेको भन्दै आलोचित भएका उनले गल्ती स्वीकार गरिसकेका छन् ।

स्पष्ट र कडा स्वभावका डट्टनले जनताले आफूलाई परिवर्तित नेताका रूपमा पाउने दाबी गरेका छन् । लिबरल पार्टीका अर्का प्रभावशाली नेता तथा पूर्व ट्रेजरर जोस फ्रयाडनवर्गलाई लिबरल पार्टीको नेताको दाबेदारका रूपमा हेरिएको थियो । तर दस दिनअघिको चुनावमा फ्रयाडनवर्ग स्वतन्त्र उम्मेदवारसँग पराजित भएपछि डट्टनका लागि नेतृत्वको बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com