ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाली मन्त्रिमण्डलमा आधा महिला : अस्ट्रेलियाली इतिहासमै सबैभन्दा बढी


एबीसी / संवाददाता

काठमाडौं, १८ जेठ ।  अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नयाँ मन्त्रिमण्डल गठन गरेका छन् । अल्बानिजीले मंगलबार घोषणा गरेको २३ सदस्यीय मन्त्रिमण्डलमा १० जना महिला छन् । एक सातअघि प्रधानमन्त्री बनेका अल्बानिजीले त्यतिबेला ५ मन्त्रीलाई मुख्य मन्त्रालयको जिम्मा दिएका थिए ।

अस्ट्रेलियामा १० दिनअघि सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार आफ्नो दल लेबर बहुमत सिटमा विजयी भएपछि अल्बानिजीले पूर्ण मन्त्रिमण्डल गठन गरेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार १ सय ५१ सदस्यीय तल्लो सदनमा लेबर ७७ सिटमा विजयी भएको छ । अस्ट्रेलियामा बहुमतको सरकार गठनका लागि ७६ सिट आवश्यक पर्छ ।अल्बानिजीले सार्वजनिक गरेको मन्त्रिमण्डलमा नयाँ अनुहारलाई पनि प्राथमिकता दिइएको छ । जसमा आप्रवासी मन्त्रालयको जिम्मा पहिलोपटक आप्रवासी महिलालाई नै दिइएको छ । त्यस्तै, मुस्लिम मूलकी महिला नेतृले पनि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

यसपहिले नै पार्टीका उपनेता रिचार्ड मार्ल्स उपप्रधान तथा रक्षामन्त्री बनेका छन् । त्यस्तै, पेनी योङ विदेशमन्त्री, केटी गालाघर अर्थमन्त्री र जिम चाल्मर ट्रेजररको शपथ लिइसकेका छन् ।मंगलबार सार्वजनिक गरिएका मन्त्रीको सूचीमा पूर्व पार्टी नेता बिल सर्टनदेखि आप्रवासी नेतृ लिन्डा बर्नीसमेत समेटिएका छन् । २३ सदस्यीय क्याबिनेट मन्त्रीसँगै १२ जनालाई सहायक मन्त्रालयको जिम्मा दिइएको छ । पूर्व पार्टी नेता सर्टनले सरकारी सेवा तथा अपांगता भएका नागरिकलाई सहायता पुर्‍याउने एनडीआईएस मन्त्रालयको जिम्मा पाएका छन् । क्लेयर ओनिलले गृह मन्त्रालयको जिम्मा पाएकी छन् ।

मार्क ड्रफुस महान्यायाधिवक्ता तथा जेसन क्लेयर शिक्षामन्त्री बनेका छन् ।प्रधानमन्त्री अल्बानिजीले मंगलबार घोषित मन्त्रिमण्डलमा सबैलाई समेटेको बताएका छन् । उनले १० महिलाले पहिलोपटक अस्ट्रेलियाको सरकारमा एकैपटक सहभागिता जनाएको बताए । लेबरले निर्वाचनताका वाचा गरेअनुसार राष्ट्रिय भ्रष्टाचार निवारण आयोगलाई यसै वर्षको अन्त्यसम्ममा कानुनी आधार दिइने बताएको छ । प्रधानमन्त्री अल्बानिजीले स्वास्थ्य क्षेत्र, जलवायु प्रदूषण, रोजगार, सहज जीवनयापनलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने जनाएका छन् । प्रधानमन्त्री अल्बानिजीले निर्वाचनताका गरेका वाचा पूरा गर्ने तथा नागरिकको हकहितका लागि लागिपर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । घोषित सबै मन्त्रीले बुधबार शपथ लिने कार्यक्रम रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अस्ट्रेलियामा मे २१ मा सम्पन्न निर्वाचनमा सत्तारूढ दल लेबरले करिब एक दशक सत्तामा रहेको लिबरल गठबन्धनलाई हराएर बहुमतको सरकार निर्माण गरेको हो । केभिन रडको पालामा सरकारमा सहभागी भएदेखि लेबर ३ कार्यकाल सत्ताबाहिर थियो ।

अस्ट्रेलियाको विपक्षी दल लिबरलको नेतामा पिटर डट्टन चुनिएका छन् । हालै सम्पन्न निर्वाचनमा लेबरसँग हार बेहोरेपछि लिबरल नेता तथा पूर्वप्रधानमन्त्री स्कट मरिसनले राजीनामा दिएका थिए । लिबरल पार्टीको आन्तरिक बैठकबाट डट्टन सोमबार सर्वसम्मत रूपमा पार्टी नेता छानिएका हुन् । सन् २००१ देखि नै संसद्मा प्रवेश गरेका डट्टनले स्वास्थ्य, अध्यागमन, रक्षा, गृहलगायतका प्रमुख मन्त्रालयको जिम्मेवारी निभाइसकेका छन् । ४ वर्षअघि पार्टी नेता चयनको प्रक्रियामा उनी मरिसनसँग पराजित भएका थिए । यसअघि जलवायु परिवर्तनका मुद्दाहरूको विपक्षमा रहेको भन्दै आलोचित भएका उनले गल्ती स्वीकार गरिसकेका छन् ।

स्पष्ट र कडा स्वभावका डट्टनले जनताले आफूलाई परिवर्तित नेताका रूपमा पाउने दाबी गरेका छन् । लिबरल पार्टीका अर्का प्रभावशाली नेता तथा पूर्व ट्रेजरर जोस फ्रयाडनवर्गलाई लिबरल पार्टीको नेताको दाबेदारका रूपमा हेरिएको थियो । तर दस दिनअघिको चुनावमा फ्रयाडनवर्ग स्वतन्त्र उम्मेदवारसँग पराजित भएपछि डट्टनका लागि नेतृत्वको बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com