ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश प्रदेशमा जिल्ला समन्वय समितिको कुनको दल पल्ला भारी कता ?


एबीसी / संवाददाता

काठमाडौं, १८ जेठ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको परिणाम आइसकेको छ । परिणाम आएसगै अब जिल्ला समन्वय समिति निर्वाचनको चर्चा सुरु भएको छ ।देशका ७७ जिल्लामध्ये कांग्रेसको १५, एमालेको ११ र माओवादी केन्द्रको ४ गरी ३० जिल्लामा पालिका प्रमुख उपप्रमुखको मतानुसार एकल जिल्ला समन्वय समिति बन्ने निश्चित देखिन्छ ।

यता मधेश प्रदेशका ८ जिल्ला मध्ये धनुषा र सर्लाहीमा कांग्रेसको नेतृत्वमा जिसस गठन हुने बाहेक अरु कुनैपनि दलको बहुमत नभएको कारण जिसस बन्ने अवस्था देखिदैंन । यी दुई जिल्ला बाहेक अन्य ६ जिल्लामा गठबन्धन वा समन्वय अनुसार नै बन्नेछ । स्थानीय तह निर्वाचन अनुसार नै सत्तारुढ गठबन्धन दल आपसी समन्वय र चुनावी तालमेल गरी अघि बढेका खण्डमा कांग्रेसले पर्सा, रौतहट र सप्तरीमा थप जिसस जित्न सक्ने सम्भावना छ भने जसपा समेतले महोत्तरीमा जिसस नेतृत्व हात पार्न सक्नेछ । सप्तरीमा जसपाले पनि नेतृत्व लिन सक्ने सम्भावना छ तर कांग्रेसको मत बढी भएको कारण उसले नै नेतृत्व लिन सक्ने अवस्था छ ।पर्सामा कुल २८ मतमा कांग्रेस १२, एमाले १०, जसपा ५ र लोसपाको १ मत छ । जसपा निर्णायक शक्तिका रुपमा देखा परेको छ ।

उसले कांग्रेस र एमाले जसलाई साथ दिन्छ, उसैको नेतृत्वमा जिसस बन्न सक्ने अवस्था छ । तर पछिल्लो गठबन्धन तालमेल अनुसार अघि बढेको खण्डमा कांग्रेसले नै हात पार्न सक्ने अवस्था देखिन्छ ।रौतहटमा कुल ३६ मतमा कांग्रेससँग १४, एमालेसँग ५, माओवादीसँग २, जसपासँग ३, नेकपा एससँग ८, लोसपासँग ४ मत छ । कांग्रेसले नेकपा एकीकृत समाजवादी मिलाएमा सहज रुपमा नेतृत्व लिन सक्नेछ । यदि नेकपा एसले सहयोग नगरेको खण्डमा कांग्रेसलाई जसपा र माओवादी समेतको सहयोग लिनुपर्ने अवस्था देखिन्छ ।

महोत्तरीमा रहेको कुल ३० मतमा कांग्रेससँग ६, एमालेसँग २, जसपासँग ११, तमलोपासँग १, लोसपासँग ८, र स्वतन्त्रसँग २ मत छ । यहाँ जसपाले जिससको नेतृत्व लिन सक्ने बढी सम्भावना देखिन्छ तर त्यसका लागि कांग्रेससँग तालमेल अनिवार्य देखिन्छ ।यहाँ लोसपाले पनि नेतृत्व लिन सक्ने प्रयास गर्न सक्ने छ तर त्यसका लागि कांग्रेस, कांग्रेसका बागी रस्वतन्त्र र तमलोपालाई मिलाउनुपर्ने आवश्यकता हुन्छ, जुन सम्भव देखिदैंन । कांग्रेसलाई अन्य जिल्लामा जसपासँग सहयोग लिनुपर्ने अवस्था रहेको खण्डमा कांग्रेसले लोसपालाई सहयोग नगर्ने अवस्था आउन सक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।सप्तरीमा कुल ३६ मत मध्ये कांग्रेससँग १२, एमालेसँग ४, माओवादीसँग २, जसपासँग ८ , जनमत पार्टीसँग ३, नेकपा एससँग २, तमलोपासँग ५ मत छ । कांग्रेस र जसपाले नेतृत्वका लागि बाँडफाँड गरेर कांग्रेसले नेतृत्व लिन सक्नेछ ।

गठबन्धन बाहेक प्रतिपक्षी दल एमालेले पनि बारा जिल्लामा लोसपासँग तालमेल गरेर जिससको नेतृत्व लिन सक्ने अवस्था देखिन्छ । तर सिरहा जिल्लामा गठबन्धन दल नमिलेको खण्डमा मात्रै एमालेले नेतृत्व पाउनेछ नभए गठबन्धन दलका जसपाले नेतृत्व पाउने सम्भावना बढी देखिन्छ । यी दल बाहेक माओवादी र नेकपा एसले मधेश प्रदेशको कुनैपनि जिल्लामा नेतृत्व लिन सक्ने अवस्था प्राप्त पालिका मतको आधारमा देखिदैंन ।बारामा कुल ३२ मतमा एमालेसँग ११, कांग्रेससँग ८, जसपा ६, लोसपा ४, विवेकशील साझा पार्टीसँग २ र माओवादीसँग १ मत छ ।

एमालेले जसपा एउटा दललाई मिलाए पुग्छ भने कांग्रेसले अन्य विवेकशीललाई छोडेर सबै दललाई मिलाउनुपर्छ । तर जसपाले एमालेलाई सहयोग नगरेको खण्डमा एमालेलाई लोसपा बाहेक विवेकशील साझा पार्टीलाई मिलाउनुपर्ने अवस्था देखिन्छ ।सिरहामा कुल ३४ मतमध्ये कांग्रेससँग ६, एमालेसँग १५, माओवादीसँग २, जसपासँग १० र नेकपा एससँग १ मत छ । यहाँ कांग्रेस र जसपाले जिसस गठनको लागि प्रयास गर्ने देखिन्छ । सत्तागठबन्धन दल एक ठाँउमा उभिएको खण्डमा जसपाको नेतृत्वमा जिसस बन्न सक्नेछ । तर गठबन्धन दल नमिलेको खण्डमा एमालेले नेकपा एस र माओवादी वा जसपासँग आपसी बाँडफाँडको आधारमा नेतृत्व सक्नेछ । गठबन्धन दल नमिलेको खण्डमा मात्रै एमालेले नेतृत्व पाउने अवस्था छ ।संविधानको धारा २२० अनुसार नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र समिति बनिसक्नुपर्छ । गाउँ र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख समितिका सदस्य हुन्छन् । जिल्ला सभाबाट एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसंख्यकसहित ६ देखि ९ सदस्यीय समिति निर्वाचित गरिनेछ ।सम्बन्धित जिल्लाभित्रको गाउँ र नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य उम्मेदवार हुन सक्छन् । गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले निर्वाचन प्रक्रिया मार्फत मत हालेर जिल्ला समन्वय समितिको नेतृत्व चयन गर्नेछ । निर्वाचित जिसस पदाधिकारीको पुरानो पद स्वतः रिक्त हुन्छ । रिक्त पदमा फेरि निर्वाचनको कुनै व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com