ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले भन्यो सीमा विवाद मात्रै चीन−भारतको सम्पूर्ण सम्बन्ध होइन :


एबीसी / संवाददाता

बेइजिङ — चीनले भारतसँगको सीमा विवाद मात्रै सम्पूर्ण सम्बन्धको विषय नभएको जनाएको छ। मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता चाउ लीच्येनले सीमा मुद्दा मात्रै चीन–भारतको सम्पूर्ण सम्बन्ध नभएको टिप्पणी गरे।भारतको वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार चीनलाई पछि पार्दै अमेरिका भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। यसबाट चीन–भारत सम्बन्धमा कुनै असर नपर्ने प्रतिक्रिया पनि उनले दिए। ‘हाल भारत(चीन सीमास्थिति स्थिर छ र दुवै पक्षबीच कूटनीतिक तथा सैन्य च्यानलमार्फत् घनिष्ठ सम्पर्क भइरहेको छ’, प्रवक्ता चाउले भने, ‘चीनले कहिल्यै पनि सीमा विवादलाई मात्र आपसी सम्बन्धको सम्पूर्णता मान्ने गरेको छैन। यसलाई आपसी सम्पर्कबाट यथास्थानमा राख्नुपर्छ र प्रभावकारी ढंगबाट किनारा लगाउनुपर्छ।

आशा छ, भारतले चीनसँग आपसी विश्वास बढाएर व्यावहारिक सहयोगलाई सबल बनाउनेछ।’सन् २०२१ को चिनियाँ तथ्यांक प्रस्तुत गर्दै प्रवक्ता चाउले चीन भारत द्विपक्षीय व्यापार १ खर्ब २५ अर्ब ६६ करोड डलर रहेको बताए। उनले भने, ‘अझै पनि भारतका लागि चीन नै सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। उपरोक्त तथ्यांक बमोजिम पहिलो पटक चीनसँगको कारोबार १ खर्ब डलरभन्दा माथि पुगेको थियो।’चीन र भारतबीच फरक फरक तथ्यांकको मानक भएकाले केही तलमाथि हुनसक्ने बताउँदै प्रवक्ता चाउले भारतले अन्य व्यापारिक साझेदार खोज्नुसँग चीनको कुनै चिन्ता नरहेको बताए। उनले भने, ‘भारतको व्यापारिक साझेदारीमा चीनको कुनै आपत्ति छैन र व्यापार मात्रा र्‍याङ्किङमा भएको उतार(चढ़ावमा पनि उति रुचि राख्दैन।’भारतले द्विपक्षीय आर्थिक तथा व्यापारिक लगानी सहयोगमा निष्पक्ष, पारदर्शी तथा दीगो वातावरण बनाओस् भन्ने चीनको ताकेता रहेको बताउँदै चिनियाँ परराष्ट्र प्रवक्ता चाउले पारस्परिक सहयोग तथा दुवै देशका जनता लाभान्वित हुने विषयमा चीनको चासो रहेको स्पष्ट पारे।भारत सरकारले आर्थिक अनियमितताको कारण देखाउँदै चिनियाँ कम्पनी जेडटीई र भारतस्थित भिभो मोबाइल फोनका सम्बन्धित विभागहरूमा अनुसन्धान गरिरहेको छ। स्याउमी जस्ता कम्पनीहरूपछि भारतको यो अर्को अनुसन्धान हो। यसबारे टिप्पणी गर्दै प्रवक्ता चाउले चिनियाँ सरकारले यस विषयमा ध्यान दिइरहेको बताए।चीनले सधैं नै चिनियाँ कम्पनीहरूलाई वैधानिक ढंगले विदेशमा काम गर्न आग्रह गरेको भन्दै चिनियाँ कम्पनीहरूलाई उनीहरूको वैध अधिकार र हितको रक्षाका लागि चीन दृढतापूर्वक उभिने पनि प्रवक्ता चाउले बताए। उनले भने, ‘भारतीय पक्षले कानुन र नियमहरूको पालना गर्नुपर्छ र चिनियाँ कम्पनीहरूलाई भारतमा लगानी गर्नको लागि निष्पक्ष, न्यायिक र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com