काठमाडौं, १५ जेठ । सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रकम बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट पेस गर्दै यस्तो बताएका हुन् । सरकारले आर्थिक वर्ष २०७९/८० लाई आत्मनिर्भरता लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष चलाइने जनाएको छ । सोही अन्तर्गत सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रुपैयाँ बिनियोजन गरेको हो ।हरेक वर्ष समयमै मल अभावका कारण देशभरका किसानहरू प्रभावित हुने गरेका छन् ।यस्तै हरेक स्थानीय तहमा किसानलाई प्रोत्साहन गर्ने गरी विभिन्न क्षेत्रमा सहुलियत लगायतका कार्यक्रम ल्याएको छ । साथै परिचयपत्रका आधारमा किसानलाई सहुलियत प्रदान गर्ने पनि बजेटमा उल्लेख छ । कृषि क्षेत्रको रुपान्तरणमा काम गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्न ५(५ करोडका दरले अनुदान दिने पनि अर्थमन्त्री शर्माले बताए ।








प्रतिक्रिया दिनुहोस्